spot_img

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउँछःप्रधानमन्त्री

spot_img

काठमाडौँ,प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउने बताएका छन् ।

शनिवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । त्यस अवसरमा प्रधानमन्त्रीले सरकारको सो अभियानलाई पूरा गराउने गरी पार्टीको तर्फबाट मन्त्री चयन गरिएको पनि बैठकमा बताउनुभएको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकारले अघि बढाएका राम्रो कामको सन्देश जनतामा पुर्याउन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले बैठकमा बोलेका कुरालाई उद्धृत गर्दै प्रमुख सचेतक पाण्डेले भने, ‘प्रधानमन्त्रीज्युले के भन्नुभयो भने हामीले सुशासन, समृद्धि र सामाजिक न्यायको जो अभियान शुरु गरेका छौं, यसलाई अगाडि बढाउनका लागि हामी अझ दृढताका साथ लैजानुपर्ने हुन्छ । र यो बारेमा २४ गते मैले जुनजुन विषयवस्तु सदनमा राखेँ । त्यो विषयवस्तुकै उहाँले यहाँ व्याख्या गर्नुभयो । सरकारको यो काम गरेर तल जनता समक्ष तपाईहरुले लैजानुपर्छ भन्नुभयो ।’

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै पाण्डेले भने, ‘अहिलेको लागि हामीले सुशासन, समृद्धि र सामाजिक न्यायको जुन अभियान शुरु गरेका छौं । यसका लागि यो नै टीम सही हुन्छ भन्ने लागेर यसरी पुनर्गठन गरेको हो भनेर भन्नुभयो ।’

बैठकमा प्रधानमन्त्री प्रचण्डले पार्टीको तर्फबाट सहभागी मन्त्रीहरुले सुशासन र समृद्धिको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गर्नुभएको माओवादी संसदीय दलको कार्यालयले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img