spot_img

गृहमन्त्री रविले पनि पुरा गर्न सकेनन् मिटरब्याजपीडितकाे मागःवार्ता विनानिष्कर्ष विहिन

spot_img

पूर्व काँकडभिट्टा र पश्चिम गड्डाचौकीबाट २३ दिन पैदल हिँडेर ९ फागुनमा काठमाडौं आइपुगेका चार हजार मिटरब्याजपीडित ११ फागुनदेखि निरन्तर सडक आन्दोलनमा छन् । १८ दिनमा सरकारसँग तीनपटक वार्ता भए पनि सफल हुन सकेको छैन ।

आइतबारको वार्ता पनि विनानिष्कर्ष टुंगियो । १३ फागुनमा गृहका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ताटोली गठन भएकै दिन पीडित पक्षसँग वार्ता भएको थियो । तर, सहमति नभएपछि १४ फागुनमा दोस्रो वार्ता भयो । फेरि पनि सफल नभएपछि आइतबार तेस्रो वार्ता भएकोमा कुनै सहमति बनेन ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसहितको टोली थियो । वार्तामा मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुसवाहसहितको टोली सहभागी थियो । सोमबार पुनः बस्ने गरी टुंगिएको गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img