spot_img

राष्ट्रियसभा अध्यक्ष दाहालः भने राष्ट्रिय सभाको गरिमा उठाउन प्रतिबद्ध छु

spot_img

काठमाडौँ,राष्ट्रिय सभामा नवनिर्वाचित अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाले निर्वाह गर्ने भूमिका स्थापित गर्न र गरिमा उठाउन भूमिका खेल्न निरन्तर लागिरहने बताएका छन् । मंगलबार अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै दाहालले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने कुराहरूलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने बताए ।

दाहालले भने, ‘मुख्यगरी राष्ट्रिय सभाको गरिमालाई माथि उठाउने कुरा र राष्ट्रिय सभाले गर्नुपर्ने सबै दायित्व, भूमिकालाई पूरा गराउनका निम्ति सबै दलसँग सम्बद्ध माननीय सदस्यहरूलाई एकताबद्ध गरेर लैजाने कुरामा म प्रतिबद्ध छु । त्यसमा सफल हुन्छु भन्ने आत्मविश्वास पनि छ ।’

उनले संविधानमा उल्लेख भए अनुसार राष्ट्रिय सभाको कार्यक्षेत्रभित्र पर्ने हरेक विषय कार्यान्वयन गर्न गरिमा बढाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img