काठमाडाैँ,कर्णाली सरकारको नेतृत्व माओवादीकै निरन्तरता हुने संकेत देखिएकाे छ। कर्णाली प्रदेशका प्रदेश सरकारकाे निरन्तरताका लागि प्रधानमन्त्री प्रचण्डलाइ निरन्तर दवाफ दिइरहेका छन्। कर्णाली सरकारकाे नेतृत्वकाे लागि प्रधानमन्त्री प्रचण्ड पनि सकारात्मक देखिएका छन्।
कर्णाली प्रदेशका पार्टी नेता कार्यकर्ताले प्रधानमन्त्रीलाइ पटक पटक भेटेर कर्णालीमा पहिलो चरणमा अहिलेकै मुख्यमन्त्रीलाई निरन्तरता दिनुपर्ने दबाब दिइरहेका छन् ।माओवादीका प्रदेश तहका नेताहरूले भने काठमाडौँ छाडेका छैनन् । माओवादीका प्रदेश तहका नेताहरूले अघिल्लो शनिबार र बिहीबार गरी दुई पटक प्रधानमन्त्रीलाई भेटेर प्रदेशको परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गरेका छन् । शनिबारको भेटमा मुख्यमन्त्री शर्मा समेत सहभागी थिए भने बिहीबार पार्टी उपमहासचिव जनार्दन शर्मासहितका नेताहरू सिंहदरबार पुगेका थिए ।
कर्णालीमा आफ्नो सिट धेरै भएकाले माओवादी केन्द्र वर्तमान मुख्यमन्त्रीले नै पहिलो चरणमा निरन्तरता पाउनेमा ढुक्क छ । प्रधानमन्त्रीसँगको भेटमा सहभागी नेताहरूले पहिलो चरणमा नेतृत्वमा निरन्तरता पाउने गरी छलफल चलाउने बचन प्रधानमन्त्रीले माओवादी नेताहरूलाई दिएको बताए । कर्णाली माओवादीको आधार क्षेत्र हो, त्यहाँ माओवादीले जनतालाई उत्साहित हुने तरिकाले काम गर्नुपर्छ भन्ने धारणा प्रधानमन्त्रीको थियो ।’
शुक्रबार स्थायी कमिटिकाे बैठक सकिए लगत्तै पार्टीका कर्णाली प्रदेश इन्चार्ज कालिवहादुर मल्लले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाल,उपाअध्यक्ष लगाएतका शिर्ष नेताहरूलाइ पुनः प्रदेश सरकारकाे नेतृत्व पार्टीले छाेड्न नहुने कुरा राखेकाे जानकारि दिए। नेताहरू सबै सकारात्मक भएकाे इन्चार्ज मल्लकाे भनाइ छ।
कर्णालीमा यो पटक जसरी भए पनि नेतृत्व पाउनुपर्ने दावी एमालेले पनि गरिरहेकाे छ।