spot_img

एकीकृत समाजवादीले महाधिवेशनका लागि बनायो १३ समिति

spot_img

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गते सम्म यहाँ आयोजना हुने महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १३ वटा समिति गठन गरेको छ।महाधिवेशन व्यवस्थापन समितिको संयोजकमा अध्यक्ष माधवकुमार नेपाल र अतिथि सत्कार समितिको संयोजकमा झलनाथ खनाललाई जिम्मेवारी दिइएको छ।

प्रतिनिधि व्यवस्थापन समितिमा वेदुराम भुसाल, अर्थ परिचालनमा प्रमेश हमाल, संस्कृति तथा कला साहित्य समितिमा रामचन्द्र झा, जनपरिचालन तथा यातायात समितिमा विजय पौडेल, प्रचार– प्रसार समितिमा जगन्नाथ खतिवडा, र स्वास्थ्य समितिको जिम्मेवारी नागेन्द्र चौधरीलाई दिइएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

यसैगरी, आवास व्यवस्थापन समितिमा सावित्रा भुसाल, खाद्य व्यवस्थापनमा केदार सञ्जेल, मञ्च व्यवस्थापनमा गंगालाल तुलाधर, स्वयंसेवक परिचालनमा केशवबहादुर विष्ट र सचिवालय व्यवस्थापनमा घनश्याम भूसाललाई संयोजक तोकिएको छ।

पार्टी अध्यक्ष नेपाल संयोजक रहेको महाधिवेशन व्यवस्थापन मूल समितिमा केन्द्रीय समिति र आयोगका सबै पदाधिकारी रहने व्यवस्था गरिएको छ।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img