spot_img

सुर्खेतका दुर्गम गाउँवस्तीमा खानेपानी र सिंचाइकाे सुविधा दिन प्रदेश सरकार प्रतिवद्द छःमन्त्री उर्मिला बिश्वकर्मा

spot_img

सुर्खेत,कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा बिकास मन्त्री उर्मिला बिश्वकर्माले दुर्गम गाउँवस्तीमा खानेपानी र सिंचाइकाे सुविधा दिन प्रदेश सरकार प्रतिवद्द बताउँनु भएकाे छ। साेमबार सुर्खेत जिल्लाको पश्चिम भेगमा पर्ने चौकुने गाउँपालिका भित्रका योजनाहरूको अनुगमनका क्रममा स्थानीयसँग छलफलका क्रममा उक्त भनाइ राख्नुभएकाे हाे।

गाउँपालिकाको वडा नम्वर ७ मा पर्ने जुम्ल्याहा मुल बहुउद्देशीय सिंचाइ आयोजको अनुगमनमा मन्त्री,मन्त्रालयका सिडिइ गोपाल शर्मा,निर्देशनालयका नि.प्रमुख श्रीधर भट्टराइ लगाएतको टोलिले योजनाको अनुगमन गरेको थियो। संघ र प्रदेश सरकारको ५–५ करोडको लगानीमा निर्माण हुन लागेको यस आयोजनाको निर्माण प्रकृयाको काम भइरहेको छ। आयोजना सम्पन्न भएपछि चौकुनेको वडा नम्वर ६,७ र ८ नम्वर वडाको ३ सय ३० हेक्टर खेतियोग्य जमिनमा सिंचाइ सुविधा हुनेछ। यस्तै जुम्ल्याहा ताल निर्माणपछि पर्यटन विकासमा टेवा पुग्नेछ भने पानीका मुहानहरूको समेत संरक्षण हुनेछ।
अनुगमनपछि मन्त्री विश्वकर्माले योजना शुचारूको कामलाइ तिव्रता दिन निर्देशन दिनुभएको छ। केहि समस्याहरू भए मन्त्रालयले पहल कदमि लिएर भरपुर सहयोग गर्ने बचन समेत दिनुभयो।

यस्तै गाउँपालिका भित्र प्रदेश सरकारको उद्योगका लागि पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत निर्माणाधिन डिप बोरिङ खानेपानी आयोजनाकाे पनि अनुगमन गर्नुभयाे। यस याेजनाकाे  लगाएत अन्य सम्भाव्य योजना,स्थानीयका समस्या र जनगुनाश सुन्ने कार्य सम्पन्न सम्भाव्य योजना,जनगुनासा र अनुगमन समेत गर्नुभयो।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img