spot_img

चौधरी ग्रुपले हडपेको बाँसबारी १० रोपनी जग्गा फिर्ता:अनुसन्धान जारी रहने

spot_img

काठमाडौं,चौधरी ग्रुपले हडपेको बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । डिल्लीबजार मालपोत कार्यालयले शुक्रबार जग्गा सरकारका नाममा कायम गर्ने निर्णय गरेको हो । यससँगै तत्कालीन ‘च्याम्पियन फुटवेयर लिमिटेड’ हुँदै व्यक्तिको नाममा लगिएको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा ४२ वर्षपछि सरकारका नाममै फिर्ता आएको छ । यस सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले अनुसन्धान गरिरहेको छ ।

मालपोत ऐन, २०३४ को दफा २४ प्रयोग गरेर मालपोत कार्यालयले जग्गा सरकारका नाममा कायम गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले बताए । सो दफामा सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा दर्ता गर्न वा आवाद गर्न नहुने व्यवस्था छ । यसैबमोजिम व्यक्तिका नाममा पुगेको सरकारी जग्गा फिर्ता ल्याइएको उनले बताए ।

सरकारले बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको हडपिएको १० रोपनी जग्गा आफ्नो नाममा ल्याए पनि प्रहरीको अनुसन्धान भने नरोकिने भएको छ । लिखत किर्ते तथा ठगी मुद्दाअन्तर्गत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले जग्गा हिनामिनाको अनुसन्धान गरिरहेको छ । उद्योगपति तथा सांसद विनोद चौधरी तथा भाइहरू वसन्त र अरुण जोडिएका छन् ।

सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले हडपिएको जग्गा फिर्ता भए पनि प्रहरीको अनुसन्धान नरोकिने बताए । ‘बाँसबारी छालाजुत्ता कारखानाको हडपिएको जग्गा सम्बन्धमा सिआइबीले अनुसन्धान गरिरहेको छ । यही वेला जग्गा सरकारको नाममा फिर्ता भएको जानकारीमा आएको छ,’ उनले भने, ‘तर, यसले अनुसन्धानलाई प्रभाव पार्दैन, अनुसन्धान जारी रहन्छ । लिखत किर्ते र ठगी मुद्दाअन्तर्गत घटनाको अनुसन्धान भइरहेको छ ।’

सिआइबिका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार बाँसबारी छालाजुत्ता कारखानाको हडपिएको जग्गा सम्बन्धमा सिआइबीले अनुसन्धान गरिरहेको छ । यही वेला जग्गा सरकारको नाममा फिर्ता भएको जानकारीमा आएको छ । तर, यसले अनुसन्धानलाई प्रभाव पार्दैन, अनुसन्धान जारी रहन्छ । लिखत किर्ते र ठगी मुद्दाअन्तर्गत घटनाको अनुसन्धान भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img