spot_img

एसइईमा ५लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुँदै:सम्पूर्ण तयारी पुरा

spot_img

काठमाडौं,आगामी १५ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा देशभरका पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुने भएका छन् । यसपटक देशभर दुई हजार ६४ वटा केन्द्र रहनेछन् भने प्रत्येक केन्द्रबाट दुई सय ५० विद्यार्थीले परीक्षा दिनेछन् ।

कक्षा दशका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । ‘अधिकांश जिल्लामा कुन–कुन स्कुललाई केन्द्र बनाउने भन्नेबारे टुंगो लागिसकेको छ, तर केहीमा भने बाँकी नै छ, यो ठूलो विषय होइन,’ उनले भने, ‘यसबाहेक अन्य तयारी पूरा भइसकेको छ ।’ एसइईका लागि जनक शिक्षा सामग्री केन्द्रले प्रश्नपत्र छपाइको कार्य गरेको थियो । प्रश्नपत्र पनि जिल्ला–जिल्लामा ढुवानी भइरहेको छ ।

यसपटकको परीक्षामा सबैभन्दा बढी परीक्षा केन्द्र रहेको जिल्ला काठमाडौं हो । जहाँ एक सय २७ वटा परीक्षा केन्द्र रहनेछन् भने सबैभन्दा कम एक–एकवटा परीक्षा केन्द्र रहेको जिल्ला मनाङ र मुस्ताङ हुन् । मनाङमा ४३ र मुस्ताङमा एक सय सातजना विद्यार्थी छन् भने काठमाडौंमा ३८ हजार ८३१ विद्यार्थी छन् ।

७७ हजार पाँच सय जनशक्ति परिचालन
एसइई परीक्षा सञ्चालनका लागि ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिँदै छ । यसमध्ये सुरक्षाकर्मी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक निरीक्षक र कार्यालय सहयोगी रहेछन् । बोर्डका अनुसार एउटा परीक्षा केन्द्रमा कम्तीमा पनि सबै गरी ४० जना जनशक्ति खटिनेछन् । सुरक्षा संवेदनशीलता भएका केन्द्रमा भने बढी जनशक्ति परिचालन हुनेछ ।

३० हजार ९५० सुरक्षाकर्मी खटिँदै
एसइई परीक्षालाई सुरक्षित र मर्यादित पार्न देशभरका परीक्षा केन्द्रहरूमा ३० हजार ९५० जना सुरक्षाकर्मी परिचालन गरिँदै छ । परीक्षाको प्रश्नपत्र केन्द्र पुर्‍याउनेदेखि उत्तरपुस्तिका परीक्षण केन्द्रसम्म पुर्‍याउने जिम्मा पनि प्रहरीलाई नै दिइएको छ । परीक्षा सकिएपछि देशभर ६० वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण हुनेछ भने सो परीक्षण केन्द्रमा उत्तरपुस्तिका पुर्‍याउने र नजिता सार्वजनिक नहुँदासम्म सुरक्षा दिने जिम्मा प्रहरीकै हुनेछ । परीक्षाका वेला सुरक्षाकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट ठूलो संख्या प्रहरी परिचालन गर्न थालिएको हो । बोर्डका अनुसार एउटा परीक्षा केन्द्रअनुसार औसत १५ जना सुरक्षाकर्मी खटाइँदै छ । तर, सुरक्षा अवस्था संवेदनशील भएको केन्द्रमा योभन्दा बढी संख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ । एसइई परीक्षाको तयारी अन्तिम चरणमा
कक्षा दशका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । ‘अधिकांश जिल्लामा कुन–कुन स्कुललाई केन्द्र बनाउने भन्नेबारे टुंगो लागिसकेको छ, तर केहीमा भने बाँकी नै छ, यो ठूलो विषय होइन,’ उनले भने, ‘यसबाहेक अन्य तयारी पूरा भइसकेको छ ।’ एसइईका लागि जनक शिक्षा सामग्री केन्द्रले प्रश्नपत्र छपाइको कार्य गरेको थियो । प्रश्नपत्र पनि जिल्ला–जिल्लामा ढुवानी भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img