spot_img

लुभुको नमुना स्कुलले ४२ औँ अभिभावक दिवस भब्यरुपमा मनाएको छ

spot_img

ललितपुर,आज नमुना स्कुल लुभूको ४२ औ अभिभावक दिवस पुर्व उद्योग मन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा स्कुल प्राङ्गणमा सम्पन्न भयो।
कार्यक्रममा जेष्ठ अभिभावकका मध्ये बाट स्कुलका शिक्षक अभिभावक संघका अध्यक्ष माधब खत्रीलाई अभिनन्दन गरिएको थियो।
कार्यक्रम बिकास प्रेमी युवा नेता पुर्व उद्योग मन्त्री बस्नेतलाई महालक्ष्मी नगरपालिकामा संचालित निजि तथा सामुदायिक साथै नमुना स्कुल परिवारको तर्फबाट उहाले युवा अवस्तामै बिभिन्न क्षेत्रमा पुर्याउनु भएको उल्लेखनीय योगदानको कदर स्वरुप अभिनन्दन गरिएको थियो।

कार्यक्रममा प्याब्सन केन्द्रका केन्द्रिय उपमहासचिब शिव कार्की ललितपुर शिक्षा बिकास समन्वय इकाइ समितिका जिल्ला प्रमुख निम प्रकाश सिम्हराठाैरले, नेकपा माओवादी केन्द्र ललितपुरका जिल्ला इन्चार्ज शिव कट्टेलले बिशिस्ट अतिथिको आसन ग्रहन गर्नु भएको थियो भने बिशेष अतिथिका रुपमा प्रदेश प्याब्सनका वरिष्ठ उपाध्यक्ष सानुराजा कार्की पालिका शिक्षा प्रमुख चिरञ्जीवी पौडेल, नेपाली काङ्ग्रेस ललितपुर क्षेत्र नम्बर दुइका सभापति महेश खड्का, नागरिक उन्मुक्ती पार्टीका केन्द्रिय उपसचिव लाल बहादुर रावल, शान्ति शिक्षा नेपालका संस्थापक निर्देशक तथा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का सचिब रबिन्द्र महर्जन जिल्ला, प्याब्सन केन्द्रका केन्द्रीय सचिब रत्न महर्जन, युवा संघ नेपालका जिल्ला अध्यक्ष, शिक्षक महासंघ महालक्ष्मी अध्यक्ष मीन अछामी नेपाल रास्ट्रिय शिक्षक संगठन महालक्ष्मीका अध्यक्ष निल प्रसाद दुलाल लगायतको उपस्थित थियो।

अतिथिका रुपमा सुर्यबिनायक प्याब्सन्का अध्यक्ष दिनेश मैनाली लगायत विभिन्न पालिका प्याब्सनका अध्यक्षज्यूहरु, विभिन्न बिद्यालयका प्र अ ज्यूहरु, विद्यालय ब्यबस्थापन समितिका अध्यक्षज्यूहरु विभिन्न संघ सस्थाका प्रमुखज्यूहरु, लगायत थुप्रै संघ संस्थाका प्रमुखहरु हुनुहुन्थ्यो।
१० बजे देखि बेलुका ५ बजे सम्म संचालित कार्यक्रमको सभापतित्व संस्थापक प्रिन्सिपल रिता श्रेष्ठले गर्नु भएको कुरा विद्यालयका संस्थापक तथा महालक्ष्मी नगर प्याब्सनका अध्यक्ष कैलाश कुमार मल्लले बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img