काठमाडौं, बागमती, गण्डकी, कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशको बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
सोमबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी बागमती मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी र मधेश प्रदेशका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।