spot_img

आयरल्यान्ड ‘ए’विरुद्ध नेपालकाे अर्काे जितसँगै शृंखला कब्जा

spot_img

दोस्रो खेलमा ७१ रनको जित निकाल्दै शृंखला २–० ले क्लिनस्विप
घरेलु टोली नेपालले आयरल्यान्ड ‘ए’विरुद्धको टी–२० शृंखला जितेको छ। मंगलबार भएको दोस्रो खेलमा ७१ रनको जित निकाल्दै नेपालले शृंखला २–० ले क्लिनस्विप गरेको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ९८ रन बनाएको थियो। प्रत्युत्तरमा आयरल्यान्ड १८.३ ओभरमा अलआउट हुँदा मात्र एक सय २७ रन बनाउन सक्यो।

सोमबार भएको खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो। यसपछि आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’सँगै खेल्नेछ। नेपाल राष्ट्रिय टिम भने भारत भ्रमणमा निस्कनेछ। भारतमा नेपालले दुई अभ्यास खेल खेल्ने तालिका छ।

आयरल्यान्डको इनिङ्समा स्टेफन डोहेनीले १३ बलमा चार चौका र एक छक्कासहित २६ रन बनाए। मोर्गन टोपिङले २१, केड कार्मिचाइलले १८, कप्तान नेइल रोकीले १७ रनको योगदान गरेका थिए।

नेपालका सोमपाल कामी र कुशल मल्लले सर्वाधिक तीन विकेट लिए। करण केसी, कुशल भुर्तेल र विवेक यादवले समान एक विकेट लिएका हुन्।

नेपालको इनिङ्समा युवा अलरान्डर गुल्सन झाले ३२ बलमा एक चौका र चार छक्कासहित ४६ रन बनाए। कप्तान रोहितकुमार पौडेलले ३३ र कुशल मल्लले ३४ तथा कुशल भुर्तेलले २५ रनको योगदान गरेका हुन्। सन्दीप जोरा १० बलमा २१ रन बनाएर आउट भए। त्यस्तै, आसिफ शेखले ११, अनिल शाहले १२ रनको जोडे। आयरल्यान्डका म्याथ्यु फोस्टरले सर्वाधिक तीन विकेट हात पारे।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img