spot_img

सबै प्रदेश भागबण्डामा ओली र प्रचण्ड सहमतःकर्णालीका विषयमा मतभेद,पार्टीका नेताकाे चर्काे दवाफपछि नछाड्ने पक्षमा माओवादी

spot_img

काठमाडौँ,सत्ता गठबन्धनभित्र प्रदेश सरकारको नेतृत्वबारे छलफल बाक्लिन थालेको छ । केहीदिन यता सत्ता गठबन्धनका नेताहरू प्रदेश सरकारको भागबण्डाका विषयमा निरन्तर छलफलमा जुटेका हुन् । छलफलअनुसार गठबन्धनमा प्रदेश सरकारको नेतृत्वबारे कर्णालीबाहेक अन्य सबै प्रदेशमा मोटामोटी भागबण्डा टुङ्गिएको नेताहरूको भनाइ छ । तर कर्णालीमा भने नेकपा माओवादी केन्द्र र नेकपा एमालेको बीचमा जबरजस्त दाबी देखिएपनि निष्कर्ष निस्किन सकेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीभित्रकै नेताहरूले कर्णालीको नेतृत्व नछाड्न दबाब दिएका छन् । पार्टीको सबैभन्दा राम्रो जनाधार भएका क्षेत्र भएकाले पार्टीले कर्णाली छाड्न नहुने सो क्षेत्रका नेताहरूको भनाइ छ । तर, एमालेले पनि आफ्नो दाबी गर्दै आएको सन्दर्भमा सहमति जुटाउन सकस परेको बताइएको छ । एमालेले यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन चाहेको छ भने माओवादीका केही नेताहरूले वर्तमान सरकारलाई नै निरन्तरता दिन चाहेका छन् ।

पार्टीभित्रको यही दबाबका बिच मंगलबार बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता भएको छ । भेटमा कर्णालीको विषयमा छलफल भएपनि ठोस सहमति जुट्न नसकेको बालुवाटार स्रोतको भनाइ छ । यही विषयमा गठबन्धनभित्र थप छलफल गरेर निर्णयमा पुग्नेगरी मंगलबारको बैठक सकिएको छ ।

यस्तै बुधबार माओवादीले सचिवालयको बैठक बोलाएको छ । सो बैठकमा कर्णालीको विषयका साथै विविध विषयमा छलफल हुने एक नेताले बताए । कर्णाली सरकारबारे मंगलबार कर्णालीका इन्चार्ज कालिबहादुर मल्लले प्रचण्डलाई पार्टीलाई बुधबारको बैठकमा कुरा उठाएर चर्काे दवाफ दिने पक्षमा कर्णालीका नेताहरू छन्।  माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कर्णालीमा पार्टीको नेतृत्व स्वाभाविक भएको बताए । ‘माओवादीको दशैभर जनाधार भएको क्षेत्र कर्णाली हो । त्यहाँ अध्यक्षले अन्य पार्टीलाई छाड्नुहुन्न भन्ने विश्वास छ’, उनले भने ।

सत्ता गठबन्धनमा सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई नेतृत्व दिएर कोशी, लुम्बिनी र गण्डकी एमालेले लिने गरी छलफल भएको छ । यस्तै मधेस प्रदेशमा जसपाको नेतृत्वमा सहमति जुटेपनि कर्णालीको हकमा भने विवाद देखिएका हो । यो विषयमा माओवादीको आन्तरिक बैठकपछि थप छलफल गरेर टुङ्गोमा पुगिने बताइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img