spot_img

गोवामा छोरी हराएको भन्दै खोजी गर्न धनगढीका मेयरले सबैलाइ मागे सहयोग

spot_img

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भारतमा रहेकी आफ्नी छोरी सम्पर्कविहीन भएको भन्दै खोजीका लागि सहयोग मागेका छन् ।मेयर हमालले आफ्नी जेठी छोरी आरती सोमबारदेखि भारतको गोवास्थित जोरबा वाइब आश्विन ब्रिजबाट सम्पर्कविहीन भएकी फेसबुकमा उल्लेख गरेका छन् ।

‘मेरी जेठी छोरी आरती ओशो साधक हुन्, उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । हिजोदेखि जोरबा वाइब आश्विन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु’, मंगलबार मेयर हमालले लेखेका छन् ।

उनले आफ्नी कान्छी छोरी र ज्वाइँ खोजीका लागि गोवा पुगिसकेको पनि उल्लेख गरेका छन् । मेयर हमालले छोरीको खोजी गरिदिन प्रहरी कार्यालयमा भने सूचना दिएका छैनन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले अहिलेसम्म कुनै जानकारी नआएको बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img