spot_img

लगातार दाेस्राे हारसँगै नेपाल ए ले गुमायो आयरल्यान्ड ए सँगको टी–२० सिरिज

spot_img

काठमाडौं,बिस्फोटक ब्याटिङ सुरुवातका बाबजुद नेपाल ए दोस्रो टी–२० सिरिजमा आयरल्यान्ड ए सँग ४० रनले पराजित भएको छ । योसँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ । मध्यक्रम र तल्लोक्रमका ब्याटर चल्न नसक्दा नेपाल पराजित भएको हो ।

२२५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमा १८४ रनमा अल आउट भयो । नेपाललाई ओपनर लोकेश बम र देव खनालले ३.१ ओभरमा ४७ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । लोकेश १३ बलमा ३ चौका र २ छक्कासहित २५ रनमा क्याच आउट भए । पहिलो खेलमा लोकेशले १०६ रन बनाएका थिए ।

दोस्रो विकेटका लागि देव र विनोदले ४६ रनको साझेदारी गरेका थिए । एक समय नेपाल ६.५ ओभरमा ९३(१ को अवस्थामा थियो । सातौं ओभरको पहिलो बलमा विनोद प्वाइन्टमा क्याच आउट भएपछि नेपालले लगातार विकेट गुमाएको थियो ।

देव खनाल २५ बलमा ७ चौकासहित ४७ रनमा बोल्ड आउट भए । विनोद भण्डारी १३ बलमा १ चौका र ३ छक्कासहित २६ र किरण ठगुन्ना ३ रनमा आउट भए । आरिफ शेख १४, पवन सरार्फ १०, रासिद खान र विपिन खत्री १–१ रनमा आउट भए । कलम सिंह ऐरी ११ रनमा आउट भए ।

आयरल्यान्डका स्पिनर बेन ह्वाइटले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । फिन ह्यान्ड र थोमस मेयसले २–२ विकेट लिए । ग्यारेथ डेलानी म्याथ्यु फस्टर १–१ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको थियो । 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img