spot_img

गएरातिकाे हावाहुरी र चट्याङका कारण दैलेख र पाल्पामा २ जनाकाे मृत्युःपश्चिम नेपालमा ठुलाे क्षती

spot_img

काठमाण्डौ – हिजोको हावाहुरी र चट्याङका कारण दैलेख र पाल्पामा दुईजनाको ज्यान गएको छ । दैलेखको भैरबी गाउँपालिका–६ तोरिमुलकी १२ वर्षीया शर्मिला कँडेलको चट्याङ लागेर ज्यान गएको छ ।

हिजो बेलुका परेको चट्याङ लागेर घाइते उनलाई उपचारका लागि सुर्खेत लैजानेक्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनुभयो । यस्तै हावाहुरी र असिनापानीले रुख ढल्दा लागेर पाल्पामा एक जनाको ज्यान गएको छ ।

हिजो बेलुका परेको हावाहुरीले तानसेन नगरपालिका–८ डुम्रे नजिकै जरेपिपलमारुख ढल्दा लागेर स्कुटरमा रहेका तानसेनको कैलाशनगरका २० वर्षका भुवन सिंजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 काठमाण्डौसहित देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित पानी परेको छ । केही ठाउँमा असिनापानीसमेत परेको छ । हावाहुरी र असिनापानीले बालीनालीमा क्षति पुगेको छ । मध्यपश्चिमदेखि पूर्वी क्षेत्रसम्मै हावाहुरीको असर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img