spot_img

कांग्रेसकाे प्रश्नःतस्करहरूलाई अनुकूल हुने गरी रुसका लागि श्रम स्वीकृति किन दिइयो ? भन्दै श्रममन्त्रीकाे चर्काे आलोचना ?

spot_img

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रुसका लागि श्रम स्वीकृति दिएको विषयमा सरकारको आलोचना गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पौडेलले मानव तस्करहरूलाई अनुकूल हुने गरी श्रम स्वीकृति दिएको आरोप लगाए।

रुसमा १८ घण्टा काम गरे पनि पैसा कमाउन सक्ने अवस्था नभएकाले नेपालीहरू अन्ततः सेनामा भर्ना हुन बाध्य हुने उनको भनाइ छ।

‘रुस गएर पैसा कमाइन्छ भन्ने कुरा झुटो हो। नेपालीले १८ घण्टा काम गर्दा पनि ४० हजारभन्दा बढी पैसा कमाउन सक्दैनन्। यहाँबाट प्रलोभन देखाएर त्यहाँ लगिन्छ। उता लगेपछि त्यस्तो काम हुँदैन, त्यस्तो कमाइ हुँदैन। अनि ती सबै मानिस बाध्यताबसवश सेनामा जान्छन्,’ पौडेलले भने, ‘यति नै वेला मानव तस्करहरूलाई अनुकूल हुने गरी श्रम मन्त्रालयले श्रम स्वीकृति किन दियो ?’

रुसी सेनामा कति नेपाली छन् भन्ने विषयमा नेपाल सरकार बेखबर रहेको र खोजी गर्ने चेष्टासमेत नगरेको सांसद पौडेलको आरोप छ। श्रममन्त्रीकाे पनि चर्काे आलोचना कांग्रेसले गरेकाे छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img