spot_img

आज कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिँदै

spot_img

कर्णाली, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार विश्वासको मत लिँदैछन् ।नेकपा (माओवादी केन्द्र) को कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको हो । आज बसेको दलको बैठकले सो निर्णय गरेको हो ।

सत्ता गठबन्धन दलको केन्द्रीय सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा (एमाले) लाई दिने निर्णय भए पनि कर्णालीमा सरकार गठनमा जटिलता सिर्जना भएको छ ।वर्तमान प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले केन्द्रीय सहमतिले मानमर्दन गरेको भन्दै केन्द्रले गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।

माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारले मुख्यमन्त्री शर्माले बुधबार विश्वासको मत लिने बताएका थिए । “विश्वासको मत लिने प्रक्रिया अगाडि बढिसकेको छ ।सत्ता साझेदार दलहरुको तर्फबाट भोलि विश्वासको मत लिन्छौँ”, उनले भने, “त्यसपछि मात्र केन्द्रको सहमतिको मर्म र निर्णयबमोजिम सत्ताको नेतृत्व जसले पाउने भनेको छ, उसलाई दिने निर्णय भएको छ ।”

प्रमुख सचेतक परियारले केन्द्रको सहमतिविपरीत काम नहुने तर विश्वासको मत लिएर मात्र सत्ता हस्तान्तरण गर्ने बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img