spot_img

गृहमन्त्री रबि पछी श्रममन्त्री अर्याल लगाएतका नेता आबद्ध सहकारीमा पनि ठगीको आरोप,ऊर्जामन्त्री शक्ति बस्नेत पनि मुछिए

spot_img

काठमाडौँ —राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति एवं श्रममन्त्री डोलप्रसाद डीपी अर्याल र पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि सहकारीको बचत अपचलनमा मुछिएका छन् । काठमाडौंमा कार्यालय रहेको ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’ मा डेढ वर्षअघिसम्म अर्याल उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक थिए, त्यही अवधिदेखि नै सहकारीले रकम फिर्ता नदिएको भन्दै पीडितले सरकार गुहारेका छन् ।

सहकारीको रकम अपचलनमा रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले हरेक दिन संसद्मा माग गर्दै आएको छ । लामिछाने प्रबन्ध निर्देशक र जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको साहरा, वीरगन्जको सानोपाइला, बुटवलको सुप्रिम र नेपालगन्जको समानता सहकारीबाट रकम ल्याइएका पुष्टि हुने दस्ताबेज सार्वजनिक भइसकेका छन् ।

पछिल्लो पटक चर्चामा आएको ‘हाम्रो नयाँ कृषि सहकारी’ भने माओवादी उपमहासचिव एवं ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा स्थापना भएको थियो । ०७० साल जेठ १३ मा डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको थियो । सहकारीको कार्यक्षेत्र पनि देशैभर हुने गरी दर्ता गरिएको थियो । कुनै निश्चित समुदाय र क्षेत्रमा काम गर्न सहकारी स्थापना हुने भएपछि माओवादी नेता बस्नेत नेतृत्वको सहकारीले भने देशैभरि काम गर्ने अनुमति पाएको थियो । यो संस्थामा बस्नेतले पार्टीका कार्यकर्ता र परिवारका सदस्यलाई समेत विभिन्न भूमिकामा राखेका थिए । यो सहकारी संकटमा परेपछि उनीमाथि पनि प्रश्न उठेको छ । तर प्रतिक्रियाका लागि  पटक पटक फोन र एसएमएस गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

अनौठो के भने ‘हाम्रो नयाँ कृषि सहकारी’ मा पनि गितेन्द्रबाबु ९जीबी० राई जोडिन्छन् । लामो समय सहकारीमा रहेका बस्नेतले छाडेपछि सूर्यबहादुर गुरुङ र जीबी राई अध्यक्ष भएका थिए । अर्याल र बुर्लाकोटी राजनीतिमा लाग्ने भएपछि योजनाबद्ध रूपमै संस्था जीबी राईलाई सुम्पिएको बचतकर्ताहरूको भनाइ छ । तर त्यसअघि संस्थामा गुरुङ अध्यक्ष, अर्याल उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक भएको बेला रकम हिनामिना गरिएको साढे चार करोड नदिएको भन्दै उजुरी परेको छ ।

गत माघ ११ मा यो सहकारीलाई समस्याग्रस्त घोषणा गर्दा सरकारले दुई निर्णय गरेको थियो । एउटा संस्थाको सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्ने र अर्को प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट अनुसन्धान गर्ने । ‘दाबी पेस गर्न ३५ दिने सूचना प्रकाशित भएको छ, यस अवधिमा साढे ४ करोडभन्दा बढीको दाबी परेको छ । अध्ययन गर्दा त्यो अवधिमा अध्यक्ष सूर्यबहादुर गुरुङ, उपाध्यक्षमा रास्वपाका डोलप्रसाद अर्याल र सञ्चालक सदस्य कवीन्द्र बुर्लाकोटी जिम्मेवारीमा देखिन्छन्,’ समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालयका सदस्यसचिव केशवप्रसाद पौडेलले भने, ‘वर्तमान कार्यसमितिका अध्यक्षमा भने गितेन्द्र बाबु राई छन् ।’

सहकारी विभागको पत्रका आधारमा सीआईबीले पनि अनुसन्धान अघि बढाएको छ । ‘हाम्रो नयाँ कृषि सहकारी संस्थाका बचतकर्ताले रकम फिर्ता नपाएको उजुरी परेको छ । सीआईबीले अनुसन्धान सुरु गरेपछि त्यहाँ पनि उजुरी आउने क्रम जारी छ । ‘उजुरी आउँदै छ, हाम्रो अनुसन्धान पनि जारी छ,’ सीआईबीका डीएसपी जीवन निरौलाले भने ।

देशैभरि सहकारी ठगी गर्ने जीबी राई समूहका अन्य सदस्य यो सहकारीमा पनि जोडिएको भेटिएको छ । बुटवलस्थित सुप्रिम सहकारी संस्थाका पदाधिकारीहरू ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’ मा सञ्चालक रहेको पुष्टि प्रहरीले गरेको छ । ओमप्रकाश गुरुङ र दुर्गा चापागार्इं दुवैतिर सञ्चालक थिए, उनीहरूलाई बुटवलको सहकारी ठगीमा प्रहरीले पक्राउ गरेको छ भने काठमाडौं झिकाएर अनुसन्धान भइरहेको निरौलाले बताए । ‘काठमाडौंमै पक्राउ गरेको एक जना र बुटवलबाट झिकाइएका दुई जना गरी तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘यो संस्थाको अनुसन्धान भर्खर सुरु भएकाले टुंगिन केही समय लाग्छ ।’कान्तिपुमा खबर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img