spot_img

सुर्खेतकाे जुम्ल्याहा मूल बहुउद्देशीय सिंचाइ आयोजको प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदनको अन्तिम छलफल सम्पन्न

spot_img

सुर्खेत,सुर्खेतकाे जुम्ल्याहा मूल बहुउद्देशीय सिंचाइ आयोजको प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदनको अन्तिम छलफल सम्पन्न भएकाे छ। विहीवार जलस्रोत तथा उर्जा बिकास मन्त्री उर्मिला बिश्वकर्मा,मन्त्रालयका सचिव नविनचन्द्र अधिकारी,सि.डि.इ गाेपाल शर्मा, निर्देशनालयका नि.प्रमुख श्रीधर भट्टराइ,सि.डि.इ,पदमराज देबकोटा र वातावरण विज्ञ तथा प्रतिवेदन निर्माण टिमका प्रमुख देवेन्द्र पाण्डेबीच अन्तिम चरणको छलफल सम्पन्न भएको हो।

छलफलमा मन्त्री विश्वकर्माले प्रदेश सरकारले निकै महत्वका साथ हेरेकाे यस याेजना समयमै सम्पन्न हुने गरि काम गर्न निर्देशन दिनुभयाे। यस याेजनाले चौकुने गाउँपालिकाको वडा नम्वर ६,७ र ८ नम्वर वडाको ३ सय ३० हेक्टर खेतियोग्य जमिनमा सिंचाइ सुविधा हुनेछ। यस्तै जुम्ल्याहा ताल निर्माणपछि पर्यटन विकासमा टेवा पुग्नेछ भने पानीका मुहानहरूको समेत संरक्षण हुने मन्त्री विश्वकर्माले विश्वास व्यक्त गर्नुभयाे।

यस्तै वातावरण विज्ञ तथा प्रतिवेदन निर्माण टिमका प्रमुख देवेन्द्र पाण्डेले वातावरणिय अध्ययनले आयोजना निर्माणका लागि निकै सकारात्मक रहेकाे बताउँनु भयाे।

केहि समय पहिले मात्रै चौकुने गाउँपालिकाको वडा नम्वर ७ मा पर्ने जुम्ल्याहा मुल बहुउद्देशीय सिंचाइ आयोजको मन्त्री,मन्त्रालयका सिडिइ गोपाल शर्मा,निर्देशनालयका नि.प्रमुख श्रीधर भट्टराइ लगाएतको टोलिले योजनाको अनुगमन गरेको थियो। संघ र प्रदेश सरकारको ५–५ करोडको लगानीमा निर्माण हुन लागेको यस आयोजनाको निर्माण प्रकृयाको काम भइरहेको छ। आयोजना सम्पन्न भएपछि चौकुनेको वडा नम्वर ६,७ र ८ नम्वर वडाको ३ सय ३० हेक्टर खेतियोग्य जमिनमा सिंचाइ सुविधा हुनेछ। यस्तै जुम्ल्याहा ताल निर्माणपछि पर्यटन विकासमा टेवा पुग्नेछ भने पानीका मुहानहरूको समेत संरक्षण हुनेछ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img