spot_img

कर्णाली प्रदेश सरकारका जलस्राेत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्माद्वारा १ वर्षेकाे कार्यप्रगति सार्वजनिकःवित्तिय र भौतिक गरी ४० प्रतिशत (विवरण सहित)

spot_img

सुर्खेत,कर्णाली प्रदेश सरकारका जलस्राेत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले करिव १ वर्षे कार्यकालकाे प्रगति विवरण सार्वजनिक गर्नुभएकाे छ। आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री विश्वकर्माले प्रगति विवरण सार्वजनिक गर्नुभएकाे हाे।

कार्यप्रगति विवरण सार्वजनिक गर्दै मन्त्री विश्वकर्माले गृहजिल्ला डोल्पामा जिल्ला अस्पतालमा विरामी लैजान स्ट्रेचरमा हालेर लामो दुरी तय गर्नुपर्ने समस्यालाइ मध्यनजर गर्दै राज्यमन्त्री भएकाबेला अस्पताल जोड्ने मोटरेबल पुल निर्माणका लागि पहल गरेको र हाल पुल निर्माणकाे काम प्रकृयामा रहेकाे बताउँनु भयाे।

उहाँले थप्नुभयाे

ऐन निर्माणः
क.कर्णाली प्रदेशको विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०९ संसदको समितिमा छलफलको क्रममा रहेको छ।
ख.खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० सरोकारवालाहरूसँग छलफल र अन्तरक्रिया गरी राय सुझाव माग गर्नका लागि मन्त्रालयको वेवसाइटमा राखिएको छ।
ग.कर्णाली प्रदेशको जलस्रोत सम्बन्धमा व्यवस्था गर्ने सम्बन्धमा विधेयक,२०८० निर्माणका लागि समिति गठन गरी तयारीको चरणमा रहेको छ ।
कार्यविधि निर्माण
क. पूर्वाधार विकास आयोजना माग तथा छनौट कार्यविधि, २०७९ निर्माण भइ कार्यान्वयन भइरहेको छ ।
ख.कर्णाली उज्यालो कार्यान्वयन कार्यविधि, २०७९ कार्यान्वयनमा रहेको छ।

३.निर्देशिका
क.आन्तरिक नियन्त्रण प्रणाली २०८०
ख.कन्टिजेन्सि मार्गदर्शन, २०७९ निर्माण गरी कार्यान्वयनमा रहेको छ।
ग.कर्णाली प्रदेशको खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८० कार्यान्वयनमा रहेको छ ।
मन्त्री पदमा पदभार ग्रहण गरेकै दिन २०८०।०१।०७ गते मन्त्रालय र GIZ प्रोष्टट प्रोजेक्ट बीच मन्त्रालय सँग सफ्टवेयर र हार्डवेयरका क्षेत्रमा काम गर्ने गरी सम्झौता सम्पन्न गरिएकाे छ।

सबैको चासोको विषय रहेका १५ लाख मुनिका आयोजनाहरूको विवरण प्रस्तुत गर्न चाहन्छु ।
 आ.व.२०८०र०८१ को वार्षिक बजेट कार्यक्रममा उल्लेख भएका कार्यक्रम शीर्षकहरू यस मन्त्रालय र जिल्लास्थित कार्यालयहरूमा प्राप्त निवेदन, माननीय ज्यूहरूका सिफारिस, स्थानीय तहको सिफारिस तथा माग र आवश्यकताका आधारमा नै वार्षिक विकास पुस्तिकामा आएका कुरा निवेदन गर्दछु ।

हालसम्मको समग्र प्रगति
 कर्णाली प्रदेश सरकारको नीतिमा उल्लेख भएको सोतखोला बहुउद्देश्यीय आयोजनाको सम्भाव्यता अध्ययनको कार्य भइरहेको छ ।
 समपूरक आयोजना जुम्ल्याहा मूल बहुउद्देश्यीय आयोजनाको क्ष्भ्ब् स्वीकृतिको चरणमा रहेको र कन्सल्ट्यान्टसँग अन्तिम ड्राफ्टका बारेमा कार्यशाला गोष्ठी सम्पन्न भैसकेको छ साथै खरिद योजनाको टेन्डर निकाली सकेको छ ।
 मन्त्रालय र अन्तर्गतका कार्यालयहरूको कर्मचारी दरबन्दी सम्बन्धमा इ७ः मन्त्रीस्तरबाट निर्णय भइ स्वीकृति सहमतिका लागि आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशमा पेश गरिएको छ।
 कर्णाली प्रदेशमा उर्जा विकास तथा व्यवस्थापनका लागि सम्बन्धित सरोकारवालाहरूसँग नियमित सम्पर्क र समन्वय भइरहेको छ।
 आयोजना बैंकको तयारीका लागि कर्णाली प्रदेशभरका स्थानीय तहहरूबाट आयोजनाहरू माग भइ संकलन भैरहेको छ।
 जाजरकोट भूकम्प पश्चात नयाँ रणनीतिक कार्ययोजना निर्माण गरी कार्यसञ्चालनका लागि विकास साझेदारहरूसँग समन्वय सहकार्य भैरहेको छ ।मन्त्रालयका सचिवको अध्यक्षतामा ध्ब्क्ज् कमिटिको बैठक बसी विभिन्न निर्णय तथा निर्देशनहरू भैरहेका छन् ।
 कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाका लक्ष्य, नीति, रणनीति र कार्यनीतिका बारेमा समिक्षात्मक बैठक बसीरहेको र दोस्रो पञ्चवर्षीय योजना निर्माणमा मन्त्रालयसँग सम्बन्धित क्षेत्रका कार्यक्रमहरू समावेशका लागि कार्यशाला र बैठकहरू बस्ने गरेका छन् ।
 जिल्ला स्थित कार्यालयहरूको कामको नियमित अनुगमन मूल्यांकन भैरहेको छ ।मन्त्रालयका कामहरू नियमित रूपमा सञ्चालन भइरहेका छन् ।
 यस आ। व। सम्म ८ वटा बहुवर्षीय आयोजनाहरू सञ्चालनमा रहेका छन् भने यस आ। व। मा थप भएका ७ वटा गरी कूल जम्मा १५ वटा बहुवर्षीय आयोजनाहरू रहेका छन् ।
 हालसम्म वित्तिय र भौतिक गरी ४० प्रतिशत रहेको र १५ लाख मुनिका आयोजनाहरू कार्यान्वयन नभएकाले प्रगति विवरण सन्तोषजनक भएको छैन ।
 १० लाखका योजनाहरू बाहेक विनियोजित बजेटका अन्य आयोजनाहरू ९० प्रतिशत बढी सम्झौता भैसकेका छन् ।

मन्त्रीले सार्वजनिक गरेकाे विवरण सहित

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img