नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ।
बस्नेतविरुद्ध हुलाकमार्फत बलात्कार, भ्रुण हत्या र चोरी आरोपमा जाहेरी परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।
मध्यरातमा दुर्गा प्रसाईंका कार्यकर्ता लखेटिएको घटनाबारे महेश बस्नेत( खुला दिसा(पिसाब गरेपछि स्थानीयले लखेटेका हुन्
‘हुलाकमार्फत आएको जाहेरी हो, हुलाकमार्फत् आएपछि दर्ता नहुने भन्ने हुँदैन। अनुसन्धान हुन्छ, जाहेरी पर्यो भन्दैमा मुद्दा दर्ता भयो भन्ने होइन। हामी गम्भीर ढंगबाट हेर्छौँ,’ एसएसपी खत्रीले भने।
एमालेमै आबद्ध एक युवतीले उनीविरुद्ध बलात्कार, भ्रूण हत्या र डाँका चोरी आरोपमा जाहेरी दिएकी हुन्।
पीडित युवतीले बस्नेतले आफूलाई दुईपटक बलात्कार गरेको र २ महिना १५ दिनको भ्रूण हत्या गरेको आरोप लगाएकी छन्।