spot_img

डोल्पामा डढेलो नियन्त्रणका क्रममा सेनाका ४ जना सिपाही घाइते

spot_img

डोल्पा सदरमुकाम दुनै नजिकै रहेको मष्टा भवानी सामुदयिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा नेपाली सेनाका ४ जना सिपाही घाइते भएका छन् ।

आइतबार दिउँसो लागेको आगो नियन्त्रण गर्ने क्रममा ४ जना सेनाका सिपाहीहरु गम्भीर घाइते भएका हुन् । आगो निभाउने क्रममा देवीदत्त गुल्मका  १६ जना मध्ये १२ जना सामान्य घाइते भएको र ४ जना गम्भीर घाइते भएको हुन् ।

घाइते हुनेमा ३० वर्षीय विजय कोईराला, ३८ वर्षीय केसर बहादुर दर्जा मगर, २३ वर्षीय अशिस बुढा र २८ वर्षीय हेमन्त रावत रहेका छन् ।

ऊनीहरुलाइ थप उपचारका लागि सेनाको हेलिकप्टर मार्फत नेपालगन्ज लगिएको प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले जानकारी दिए। सामान्य घाइतेको जिल्ला अस्पतालमै उपचार भैरहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img