spot_img

सत्तापक्ष र प्रतिपक्षबिच बढ्दो टकराब:कांग्रेसद्वारा सहकारी ठगी प्रकरणमा गृहमन्त्री रबि सहितकालाइ संसदीय छानबिन समिति गठनको माग

spot_img

काठमाडौं,सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति माग गरेको प्रमुख प्रतिपक्षी कांग्रेसलाई मनाउन बसेको प्रमुख चार दलको बैठक निष्कर्षविहीन बनेको छ । सभामुख देवराज घिमिरेको कार्यकक्षमा सोमबार दिउँसो बसेको कांग्रेस, एमाले, माओवादी र रास्वपा दलका नेता तथा सचेतकहरूको बैठकले निकास निकाल्न सकेन । मंगलबार प्रतिनिधिसभा बैठक छ ।

सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले २४ फागुनदेखि संसदीय छानबिन समितिको माग गरिरहेको छ । कांग्रेसले मन्त्री लामिछानेलाई सदनको रोस्टममा पनि जान दिएको छैन । २ चैतमा लामिछानेले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक पेस गर्न खोज्दा कांग्रेसले वेल घेराउ गरेर रोकेको थियो । अन्य बिजनेसमा भने सदन चल्न दिएको छ ।

सदनमा कांग्रेसले बैठकको सुरुमा आफ्नो माग राखेर बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल तथा केही विधेयकमाथि सैद्धान्तिक छलफल, दफावार छलफल तथा पारित गर्न दिएको छ । पछिल्लो २१ गतेको बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले दिएको अल्टिमेटम सकिएको भन्दै छानबिन समिति नबनाए अब सदनको कामकारबाही अगाडि बढ्न नसक्ने चेतावनी दिएका थिए ।

कांग्रेसको चेतावनीपछि सभामुखले सोमबार बोलाएको बैठक दलहरूको आ–आफ्नै अडानका कारण निष्कर्षविहीन बनेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बताए । ‘प्रमुख प्रतिपक्षीले संसदीय छानबिन समिति हुनैपर्छ भन्यो, सत्तापक्षले बनाउन सकिँदैन भन्यो । कुरो मिलेन, नयाँ कुरा केही आएन,’ उनले भने, ‘हरेक विषयवस्तुमा छानबिन समिति बनाएर साध्य लाग्ने विषय भएन । प्रमाणित कुरा केही पनि छैन, त्यही भएर सत्तापक्ष सहमत भएन ।’ नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img