सुर्खेत,मंगलबार कर्णाली प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम कँडेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री नियुक्त भय पनि मन्त्री मण्डल बिस्तार र मन्त्रालय भागबण्डाको टुङ्गो भने छैन ।
माओवादीले अर्थ, सामाजिक, जलस्रोत तथा ऊर्जा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिन चाहेको छ । त्यस बाहेकका आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार तथा सहरी विकास र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय एमालेलाई दिने गरी छलफल चलेको छ । तर, मुख्यमन्त्री कँडेलले भने सामाजिक विकास मन्त्रालयले आफूले पाउनुपर्ने भन्दै अड्को थापेका छन् । सामाजिक विकास मन्त्रालय अरू भन्दा महत्त्वपूर्ण मन्त्रालय हो ।
माओवादीका प्रदेश अध्यक्ष विमला केसीका अनुसार सामाजिक विकास मन्त्रालयमा समस्या देखिएको छ । ‘उहाँले पनि सामाजिक विकास मन्त्रालय छोड्न चाहनु भएको छैन, हामीले पनि छाड्न नचाहेका उहाँको भनाइ छ ।
मंगलबार दिनभर छलफल चल्दा पनि कँडेल सामाजिक विकास मन्त्रालय छोड्न तयार नभएपछि भागबण्डाको टुङ्गो लाग्न नसकेको हो ।
भागबण्डाको कुरा नमिल्दा नै मंगलबार माओवादीले मन्त्री पठाएन । बुधबार पनि कँडेल उक्त अडानबाट टसमस नभए माओवादी सरकारमा नजाने अर्का एक नेताले बताए ।
तर कुरा मिले माओवादीबाट केहि नयाँ र पुरानैममन्त्री दोहोरिने गरि छलफल भइरहेको छ भने एमाले पनि मन्त्री छनोटको छलफल मै रहेको छ ।