spot_img

आगलागीका घटनाले स्तब्ध डोल्पा:३ सैनिकको मृत्युु भएको खवर सेलाउन नपाउँदै,रंग गाउँमा दोहोरियो घटना,आगलागी नियन्त्रण र जनचेतना जगाउन आवश्यक

spot_img

डोल्पा,आगलागीका घटनाले सिङ्गो डोल्पा स्तब्ध बनेको छ । केही दिन अघि मात्रै ३ सैनिकको मृत्युु भएको खवर सेलाउन नपाउँदै, फेरि रंग गाउँमा दोहोरिएको घटनाले डोल्पा स्तब्ध बनेको हो।

त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ४ रंग गाउँमा बिहिवार सामुदायिक वनमा लागेकाे आगलागीमा परि ३ जना बालक घाइते भएका हुन् । घाइते मध्ये १ जना सुलस बुढाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्युु भएको छ। अन्य २ जनाको थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको ४ नम्बरका वडा अध्यक्ष रंजित बुढाले जानकारी दिए।

सोमबार मात्रै ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको थियो।

ज्यान गुमाउनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घरभई देवीदत्त गण दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान हेमन्त रावल, काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्ला घर भएका २३ वर्षीय आशिस बुढा रहेका नेपाली सेनाले जनाएको छ ।

रावलको उपचारको क्रममा अस्ति बेलुका जिल्ला अस्पताल डोल्पामा ज्यान गएको थियो भने जमदार मगर र बुढाको उपचारको क्रममा काठमाण्डौको कीर्तिपुरमा रहेको जलन अस्पतालमा हिजो ज्यान गएको हो । घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको कीर्तिपुरकै जलन उपचार अस्पतालमा उपचार भैरहेको छ ।

डढेलो निभाउनेक्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका उनीहरु जलेर घाइते भएका थिए ।

सुख्खा खडेरिका कारण आगलागीका घटना बढी रहेका छन्। आगलागी नियन्त्रण र जनचेतना जगाउन आवश्यक देखिन्छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img