सुर्खेतमा भएको समाजवादी मोर्चाको बैठकमा नेताहरूले समाजवाद नै नेपालको निकास र यस्को नेतृत्व कर्णालीले गर्ने बिश्वासबव्यक्त गरेका छन्।
बिहीवार भएको बैठकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवाद नै नेपालको निकास भएको बताएका छन् ।
नेपाली विशेषताको समाजवाद अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको भविष्य पनि समाजवाद नै रहेको बताए ।
उनले भने, ‘समाजवाद लागू हुनुपर्छ, त्यो सिद्धान्तबाट व्यवहारमा रूपान्तरण हुनुपर्छ ।’ समाजवाद हेर्ने चाहना सबैको रहेको पनि उनले बताए ।
अहिले पनि केही रूपमा समाजवाद भएको भन्दै उनले यो समाजवादप्रति कोही पनि सन्तुष्ट नभएको बताए । ‘जीवनमा प्रयोग हुने समाजवाद चाहिएको छ,’ उनले भने, ‘किसान वर्गसम्म समाजवाद पुगेको हुनुपर्छ ।’ उनले नेपालमा एउटा एकी
कृत खालको समाजवाद आवश्यक भएको बताए ।
कार्यक्रममा बोल्ने अन्य नेताले पनि नेपालमा समाजवाद आजको आवश्यकता भएको दाबी गरे।