spot_img

समाजवादको आधार निर्माण गर्न सांस्कृतिक रूपान्तरण आधारभूत सर्त होः प्रधानमन्त्री प्रचण्ड

spot_img

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानले परिलक्षित गरेको समाजवादी राज्य निर्माणका निम्ति समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य भएको बताउएका छन् ।सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले काठमाडौंमा शनिबार आयोजना गरेको ’शुभारम्भ सांस्कृतिक साँझ २०८१’ मा संक्षिप्त मन्तव्य राख्दै प्रधानमन्त्रीले समाजवादको आधार तयार पार्न सांस्कृतिक रूपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत सर्त रहेको पनि बताए ।

’नेपाली जनताको त्याग र बलिदानको संविधानले समाजवादउन्मुख राज्य निर्माणको सङकल्प गरेको छ । तसर्थ, समाजवादको आधार तयार पार्नका निम्ति सांस्कृतिक रूपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत सर्त हो,’ प्रधानमन्त्री दाहालले भने, ’त्यसका निम्ति समाजवादी संस्कृति निर्माणका पक्षमा सम्पूर्ण वामपन्थी, देशभक्त एवं प्रगतिशील समुदायले योगदान गर्न सक्नुपर्दछ।’

कार्यक्रममा प्रधानमन्त्रीले संस्थानद्वारा आयोजित सांस्कृतिक साँझले छुट्टै ऊर्जा र प्रेरणा दिएको बताए । ’यस कार्यक्रममा प्रस्तुत भएका प्रस्तुतिहरूले मलाई छुट्टै ऊर्जा र प्रेरणा प्रदान भएको छ, कार्यक्रममा विभिन्न भाषाभाषी, सांस्कृतिक विविधता, प्रदेशगत सांस्कृतिक प्रस्तुति, देशभक्तिपूर्ण भावनाले ओतप्रोत प्रस्तुतिले देशको राष्ट्रिय एकता र सांस्कृतिक विविधताको आत्मसातीकरण र प्रवर्धनमा महत्वपूर्ण प्रेरणा प्रदान गरेको मैले ठानेको छु,’ उनले भने ।

कार्यक्रममा प्रधानमन्त्रीले नयाँ वर्ष २०८१ सम्पूर्ण नेपालीका निम्ति ऊर्जा र आत्मविश्वासको वर्ष हुने विश्वास व्यक्त गरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img