spot_img

इजरायलमाथि इरानको लगातार ड्राेन र मिसाइल आक्रमणःतेस्राे विश्वयुद्दकाे खतरा बढ्दै,नेपालीलाइ सजकहुन भनियाे

spot_img

काठमाडौँ,इरानले शनिबार राति इजरायलमा आक्रमण गरेको छ । इरानले आक्रमणका बेला २०० भन्दा बढी मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर इजरायली सेनाले आक्रमण ठुलो मात्रामा नभएको दाबी गरेको छ । इजरायली सेनाले इरानले आक्रमण गर्दा प्रहार गरेका मिसाइलहरू आकाशमै नष्ट गरेको जनाएको छ ।

इरानको मिसाइल आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रक्षात्मक र आक्रामक ढङ्गले जवाफ दिन बताएका छन् । नेतान्याहुले इजरायली पीएमओले ट्वीटरमा एक भिडियो पोस्ट गर्दै भनेका छन् ‘हामी रक्षात्मक र आक्रामक दुवै परिस्थितिका लागि तयार छौँ ।’

इजरायलको साथमा उभिएको अमेरिका, साथै बेलायत, फ्रान्स र अन्य धेरै देशहरूको समर्थनको प्रशंसा पनि उनले गरेका छन् ।इरान र इजरायल फेरि एक पटक आमने सामने हुँदा विश्वको ध्यानाकर्षण भएको छ । अमेरिकाले इजरायली नागरिकलाई सुरक्षा दिने बताउँदै इरानले गरेको आक्रमणको निन्दा गरेको छ । यस हमलालाई लिएर अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उल्टै अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना गरेका छन् ।

यसै वर्ष हुने राष्ट्रपतीय चुनावको उम्मेदवार बन्ने तयारीमा रहेका ट्रम्पले बाइडेन प्रति लक्षित गर्दै ‘म राष्ट्रपति भएको भए इजरायलमाथि आक्रमण हुने थिएन’ भनेका छन् ।

इजरायलमाथि इरानी हमलापछि इजरायलको तेलअभिवस्थित नेपाली राजदूतावासले अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ।

आवश्यक सुरक्षाका लागि नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारे जानकार रहन पनि आग्रह गरिएको छ।यसैगरी, आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहनसमेत दूतावासले अनुरोध गरेको छ।

दूतावासमा सम्पर्कका लागि द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ, ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साह ०५४५५८२०७७ तोकिएको छ। इजरायलमाथि इरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमान्डरद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन्। उक्त आक्रमणपछि सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा–भेला नगर्ने भनी निर्देशन जारी भएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img