spot_img

डोल्पामा हिउँ चितुवाको संख्या बढेर १ सय २० पुग्याे

spot_img

डाेल्पा,नेपालमा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको पाइएको छ । गत वैशाखदेखि भदौसम्म सञ्चालन गरिएको ‘क्यामेरा ट्र्याप’ले डोल्पामा हिउँ चितुवाको सङ्ख्या १२० रहेको देखाएको हो ।

नेपालमा हिउँ चितुवाको बासस्थानमध्ये ४२ प्रतिशत भाग संरक्षित क्षेत्रभन्दा बाहिर रहेको तथ्याङ्कले देखाएको छ । वन तथा भूसंरक्षण विभाग र डिभिजन वन कार्यालय डोल्पाको नेतृत्वमा ‘डब्ल्युडब्ल्युएफ’ नेपालका वन्यजन्तु अनुसन्धानकर्ताले गरेको सर्वेक्षणमा पूर्वी डोल्पाको शेफोक्सुण्डो, ढोरपाटन सिकार आरक्ष र अन्नपूर्ण संरक्षण क्षेत्रका अतिरिक्त हिउँ चितुवाको दुई भूपरिधि क्षेत्र (पश्चिम र मध्य)लाई आधार मानिएको हो ।

सर्वेक्षणमा प्रति एक सय वर्गकिलोमिटर क्षेत्रमा हिउँ चितुवाको घनत्व १.५ रहेको र अध्ययन क्षेत्रभित्र ३० वटा हिउँ चितुवा रहेको निष्कर्ष निकालिएको छ । यस्तै, ४ वर्षअघि निकुञ्ज क्षेत्रभित्र गरिएको सर्वेक्षणमा ९० वटा हिउँ चितुवा रहेको प्रकाशमा आएको थियो । यस आधारमा डोल्पामा कुल १२० हिउँ चितुवा रहेको सर्वेक्षकको दाबी छ । हिउँ चितुवा विश्वमै एसियाका १२ राष्ट्रमा मात्र सीमित रहेको र जम्मा ४ हजारदेखि ६ हजार ५०० को सङ्ख्यामा रहेको अनुमान गरिएको छ ।

पाँच महिना लगाएर गरिएको सर्वेक्षणबाट वन क्षेत्रमा मात्रै ३० वटा हिउँ चितुवा फेला परेको डिभिजन वन अधिकृत मुन बहादुर रावतले शुक्रबार सदरमुकाम दुनैमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिए।सर्वेक्षण अनुसार निकुञ्ज क्षेत्र बाहिर पर्ने डोल्पोबुद्ध,काइके र छार्काताङ्सोङ् गाउँपालिकाको वन क्षेत्रमा प्रति एक सय वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको घनत्व १.५ रहेको छ।

जसका लागि वन क्षेत्रमा पर्ने ६६ वटा स्थानमा क्यामेरा जडान गरिएको थियो। विश्वमा दुर्लभ वन्यजन्तु हिउँ चितुवा एसियाका १२ वटा राष्ट्रमा मात्र पाइने र त्यसमा पनि नेपालमै सबैभन्दा धेरै डोल्पामा रहेका शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img