spot_img

राप्रपालाइ बालेनले तोके जरिवानाःआन्दोलनका क्रममा भएकाे थियाे क्षति

spot_img

काठमाडौँ,बालेन शाह मेयर रहेको काठमाडौँ महानगरपालिकाले राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना बैंक दाखिला गर्न पत्र पठाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम ट्राफिक आइल्याण्डमा पुगेको क्षतिको मर्मत गर्न २२२ रुपैयाँ ८१ पैसा र आन्दोलनका क्रममा जताततै फोहर गरेकोले फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३९ (१) बमोजिम ५ हजार रुपैयाँ जरिवाना तोकिएको पत्रमा उल्लेख छ ।

पत्रमा क्षतिपूर्ति र जरिवानाबापतको रकम बैंक दाखिला गर्न खाता नं. उपलब्ध गराइएको महानगरपालिकाले जनाएको छ ।

पार्टीले चैत २७ गते भृकुटीमण्डप केन्द्रित आन्दोलनको कार्यक्रम गरेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img