spot_img

महामन्त्री विश्वप्रकाश भन्छन्:सहकारी ठगीमा गृहमन्त्री संलग्न रहेको प्रमाणसहित सदनमा उपस्थित हुँदैछौं

spot_img

जीबी राईलाई पक्राउ गर्न ‘रेड नोटिस’ अर्कालाई ‘रेड कार्पेट’

काठमाडौं,नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब बस्ने प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा प्रमाणसहित आफूहरु उपस्थित हुने बताएका छन् ।

इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेस सरकारबाट हटेपछि सहकारी ठगी प्रकरणको अनुसन्धान रोकिएको बताए ।

उनको भनाइ जस्ताको तस्तैः

गृह मन्त्रालयको विषयमा प्रश्न उठेपछि गृहमन्त्रीले रोष्ट्रममा उभिएर जवाफ दिने हो । अहिले उठेको मुद्दा गृह मन्त्रालयसँग सम्बन्धित होइन । सहकारी ठगीसँग सम्बन्धित मुद्दा हो । संसदमा कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्छ भन्यो । कतिपयले भन्नुभयो– प्रमाण के हो भनेर । अब संसद बस्दैगर्दा कांग्रेस प्रमाणका साथ उभिन्छ, प्रश्न एक जनाको होइन । गाँस काटेर ७३ हजारभन्दा धेरै आज सहकारीमा आबद्ध छन् । ५० हजार बढी ठगीमा परेका छन् । त्यसलाई छानबिन गरौं भन्दा छानबिन नगर्नुपर्ने विषय होइन ।

यहाँ उभिएर मैले रास्वपाको सभापति रवि लामिछाने दोषी हो भन्न मिल्दैन । अनि संसदमा उभिएर प्रधानमन्त्रीले उहाँ निर्दोष हुनुहुन्छ भन्न पाउनुहुन्न । हामी राजनीतिक मान्छेले आशंका गर्न पाउँछौं, फैसला गर्ने छानबिन समितिले हो । संसदीय छानबिन समिति बनाऔं, निर्दोष हुनुहुन्छ माला लगाएर सम्मान गरौं, दोषी देखिए कानूनबमोजिम कारबाही होला, हामीले भनेको यतिमात्रै हो ।

हामी सरकारमा हुँदा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन गर्न निर्देशन दिनुभएको थियो । कास्की प्रहरीले छानबिन थालेको थियो । तर, अहिले यो सरकार आएपछि छानबिनको प्रक्रिया रोकियो । उहाँको प्रहरी प्रमुख डीएसपीले छानबिन गरेको कोहीमाथि मुद्दा छ, त्यही डीएसपीको हाकिम त्यो मान्छे भएपछि प्रभावित हुन्छ ।

हामी नयाँ ऊर्जा र उत्साहलाई सम्मान गर्छौं । राजनीतिमा प्रतिस्पर्धा हुन्छ, ठूलो कुरा होइन । उहाँ अहिले गृहमन्त्री बन्नुभएको छ, काम गर्नुपर्छ बधाई छ । उहाँलाई असहयोग गर्नुपर्ने कुनै कारण छैन । कांग्रेसमा उपसभापति र सहमहामन्त्रीले २०४६ पछिको सार्वजनिक पदधारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गरौं भनेर लेखेर दिनुभएको छ, गृहमन्त्रीले किन नभन्ने रु म पुरानो दलको जस्तो नेता होइन ।

अरुले अरु दलको मात्रै गरौं भन्छन् । तर, म पहिला मेरै छानबिन गर्छु भनेर भन्न किन नसकेको रु उहाँ भन्नुहुन्छ सहकारी ठगी भएको हो कि होइन भन्दा हो, छानबिन गरौं कि नगरौं भन्दा नगरौं । सहकारीको पैसा कम्पनीमा हाल्न पाइन्छ कि पाइँदैन भन्दा पाइँदैन भन्ने थाहा छ । छानबिन गरौं न भन्दा किन छानबिन रु ५ वटा सहकारीको ८० करोड तपाईंले काम गरेको गोरखा मिडियामा हालिएको हो कि होइन रु जीबी राई अध्यक्ष भएको बेलामा तपाईं एमडी हुनुहुन्थ्यो । सञ्चालक पनि हुनुहुन्थ्यो । आज त्यो बन्द भएको छ । अनि त्यो नेतालाई ८० करोडको मुद्दा हुँदा पुलिसले स्यालोट ठोक्नुपर्ने १ एउटा मालिकलाई चाहिँ पक्राउ गर्न रेड नोटिस अर्कालाई रेड कार्पेट रु एउटालाई प्रहरीले प्रक्राउ गर्नुपर्ने, अर्कालाई चाहिँ सलाम ठोक्नुपर्ने रु

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img