अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा दुनियाँलाई छक्क पार्दै निर्वाचनको मत परिणाम आफ्नो पक्षमा पार्न सफल भएका हुम्लाका छक्कबहादुर लामालाई कार्यकर्ताले साथ छोडेका छन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छक्काएका लामालाई जिल्लाका अगुवा नेता र कार्यकताले साथ छोडेपछि उनी अहिले एक्लिएका छन् । शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीको आश्वासनमा एकैदिनमा कित्ता परिवर्तन गरेका लामालाई जिल्लाका कार्यकताले साथ छोडेपछि लामा एक्लिएको नेकपा हुम्लाका अध्यक्ष लालकेश जैसीले जानकारी दिए ।
लामा प्रधानमन्त्री ओलीको पक्षमा उभिएपछि कार्यकताहरूले साथ छोडको अध्यक्ष जैसीले बताए । लामाका स्वकीय सचिव नेत्र महताराले पनि लामाले बालुवाटार रोजेपछि उनीसँगको सम्बन्ध टुटेको बताए ।
आफन्तको गुनासो ः सत्तालिप्सामा शहिदको रगत बिर्सिए
छ्क्क बहादुर लामा शहिद परिवारका सदस्य पनि हुन्। आफ्नो इतिहास भुलेर प्रधानमन्त्री ओली पक्षमा उभिएका लामाले शहिदको रगत बिर्सिएको आफन्त कार्चेन लामाले गुनासो गरे । छक्क लामालाई अध्यक्ष प्रचण्ड र नेपाल समुहमा नछोड्न आग्रह गरेपनि उनले नमानेको आफन्तको गुनासो छ ।
पूर्व माओवादीको ठूलो तप्का र पुर्व एमालेको समेत समर्थनमा स्वतन्त्र निर्वाचन जितेपछि प्रचण्डकै पहलमा पार्टीको कारबाही फूकुवा पाएका छक्कबहादुरलाई ओलीले दिने भनेको मन्त्रीको प्रलोभनमा प्रचण्डको साथ छोडेको बुझिएको छ ।
प्रचण्डको साथ छोडेपछि सामाजिक सञ्जालदेखि जिल्लाभर उनको आलोचना बढेको छ ।