spot_img

देउवाकाे एमालेलाइ कडा प्रहारःपूर्व राष्ट्रपति भण्डारी र ओलीकै अगाडी भने मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले राेक्याे ?

spot_img

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेका पूर्वमहासचिव मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वप्रति प्रश्न उठाए ।

‘कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन । हुँदाहुँदा उहाँको ड्राइभर पनि मारियो । त्योसम्म अहिलेसम्म पत्ता लगाउन सकेको छैन’, देउवाले भने, ‘मदन भण्डारी हाम्रो नेता हो, त्यसमा दुईमत छैन । तर मार्नेको पत्ता किन लागेन ? त्यसकारण कांग्रेसको विरोध गर्न सजिलो होला गर्नुस् केही छैन । तर आफ्नो पनि भन्नुप¥यो नि । किन मदन भण्डारीको हत्यारा पत्ता लागेन ?’,

एमालेका नेताहरु पटक पटक प्रधानमन्त्री भएको र मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति नै भएको भन्दै देउवाले मदनको हत्यामा संलग्न पत्ता लगाउन एमालेले नै चासो नदिएको जिकिर गरे ।

‘दुई पटक राष्ट्रपति बनिसक्नुभयो । प्रधानमन्त्रीहरु बनिसकेको सबै । खै पत्ता लगाएको ? त्यसकारण मलाई गाली गरेर केही हुनेवाला छैन । त्यो कुरा पत्ता लगाउनुप¥यो तपाईंहरुले’, देउवाले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित कार्यक्रममा कांग्रेस सभापति देउवाले संसदमा आफूहरुले उठाएको विषयलाई गम्भीर रुपमा लिन आग्रह गरे । कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img