spot_img

इलाम–२ को उपनिर्वाचनःस्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम अर्थात मुडाकाे चर्चासँगै माहाेलले त्रसित पुराना र नयाँ दल,रास्वपाका मिलनलाइ रिविकाे सहकारी काण्डले भारी पर्दै

spot_img

काठमाडाैँ,यही वैशाख १५ मा प्रतिनिधि सभा अन्तर्गत इलाम–२ मा हुन गइरहेको उपनिर्वाचनकाे सर्गमि निकै बढेकाे छ। मुडाकाे चर्चासँगै माहाेलले त्रसित पुराना र नयाँ दल,रास्वपाका मिलनलाइ रिविकाे सहकारी काण्डले भारी पर्दै गएका छ। अबको ५ दिनपछि हुन लागेको उपनिर्वाचन अन्तर्गत इलाम–२ मा उम्मेदवारहरूको प्रचारप्रसार तीव्र रूपमा चलिरहेकाे छ।

विगत २५ वर्षदेखि एकछत्र जितेको एमाले र निरन्तर प्रतिस्पर्धामा रहेर पनि जित्न नपाएको कांग्रेसको जग यस पटक स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले हल्लाइरहेका छन् । यो उपनिर्वाचनमा १२ दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । इलाम–२ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको चुनावी माहौल नियाल्दा मुख्य प्रतिस्पर्धा चार जनाबिच हुने देखिन्छ । नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमको चर्चा नागरिक तहमा बढ्ता छ ।

विगतमा पहिचान पक्षधर लिम्बुहरू कहिल्यै मिल्दैनथे । यसपालि मिलेर उनीहरूले थेगिमलाई साझा उम्मेदवार उठाएका छन् । उनलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चुनावी मोर्चामा साथ दिएका छन् । कोशी प्रदेश नामकरण पछि स्थापना भएको प्रदेश १ पुनः नामकरण संघर्ष समितिको साझा उम्मेदवारका रूपमा थेगिम चुनाव मैदानमा छन् । उनलाई विभिन्न ४१ वटा जनजातिसँग सम्बन्धित सङ्घसंस्थाले सहयोग गरिरहेका छन् । जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, जनमुक्ति पार्टी, सङ्घीय लिम्बुवान पार्टी लगायतको पनि उनलाई समर्थन छ ।

निर्वाचन क्षेत्रका हरेक गाउँ, टोल, चोक, बजारदेखि सडकका डिलहरूमा पनि ‘मुढा’ चिह्न अङ्कित झण्डा छ्याप्छ्याप्ती बनाइएको छ । जसका कारण थेगिमलाई कांग्रेस, एमालेले मात्रै होइन, नयाँ दलको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका लागि पनि ‘थ्रेट’का रूपमा लिइएको छ । मतदाता तान्न कलाकारहरू उत्तिकै प्रयोग गरिएको छ । कार्यक्रमहरूमा कलाकारको प्रस्तुति र जनजाति संस्कृति झल्किने पोसाक अनिवार्यजस्तै देखिन्छ । पहिचान आन्दोलनका लागि युवा दस्ताको मार्चपास नियमित जस्तै हुन्छ ।

थेगिमको चुनावी अगुवाहरूमा आत्मविश्वास र ऊर्जा देखिन्छ । उनीहरूको भाषण आक्रामक र विद्रोही छ । आन्दोलनकै झल्को दिने गरी पहिचानको मुद्दालाई सशक्त पारिएको छ । आदिवासी र मूलवासीहरूको आत्मसम्मानमा चोट पारिएको उनीहरूको तर्क छ । हरेक कार्यक्रममा पहिचानको आन्दोलनमा सहिद भएकाहरूको नाम लिइन्छ र राज्यविरुद्ध विद्रोही आवाज मुखरित गर्ने गरिएको छ । उनलाई सहयोग गर्न १४ वटै जिल्लाका पहिचानवादीहरू खटिएका छन् ।

हेभेनलीपथ लगायत इलाममा रहेका सबै धर्मावलम्बीहरूले पहिचान पक्षधर थेगिमलाई सघाउने सम्भावना बढी छ । इलाम जिल्ला पहिचानको आन्दोलनको रापतापमा रहेकाले सङ्घीयता र प्रदेशको अधिकारप्रति रास्वपाको कमजोर प्रतिवद्धताले थेगिमलाई फाइदा देखिन्छ । इलाम–२ मा राई, लिम्बु मतदाताको उल्लेख्य उपस्थिति छ । किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खाजस्ता संस्थाले सघाए इलाम–२ ले स्वतन्त्र उम्मेदवार थेगिमलाई अनुमोदन गर्न सक्छ ।

यद्यपि उनले आफ्नो प्रतिस्पर्धीको रूपमा कांग्रेस, एमाले र रास्वपा तीनै पार्टीलाई लिएका छन् । ‘मतदाताको मनोविज्ञान हेर्दा यस पटक मत परिवर्तन गर्ने र हामीलाई दिने खालको देखिएको छ,’ उनले भने । इलामको फाकफोकथुम–३ आमचोकस्थित रातमाटे गाउँमा २०१८ साल जन्मिएका थेगिम पाको र बौद्धिक उम्मेदवार मानिन्छन् । दुई दशक अध्यापन र एक दशक स्रोत व्यक्तिका रूपमा विभिन्न विद्यालयमा काम गरेका उनी मतदातामाझ परिचित छन् ।  माङ्सेबुङ गाउँपालिका–५ को लारुम्बामा धर्मगुरुको ठुलो प्रभाव छ । त्यहाँको २ हजार ७ मत धर्मगुरु लिङ्देनको इशारामा चलायमान हुने बताइन्छ । धर्मगुरु लिङ्देन सार्वजनिक रूपमा थेगिमको पक्षमा नखुले पनि यसपटक पहिचानको पक्षमा त्यहाँको मत जाने धेरैको बुझाइ छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img