spot_img

कतारी राजालाई नेपालमा भव्य स्वागतःराष्ट्रपतिसँग भेटवार्ता

spot_img

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी आज अपराह्न बंगलादेशबाट विशेष विमानमा भ्रमण दलका सदस्यसहित काठमाडौं आइपुगेका छन्। विशेष विमानमार्फत उनी बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आइपुगेका हुन्। औपचारिक वार्तामा बस्ने ११ जना प्रतिनिधिमण्डलबाहेक डेढ सयजनाको टोली राजाको भ्रमणमा छ।

राजा थानीलाई राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र स्वागत गरे। आज बिहान सवा १० बजे ६० जना प्रतिनिधिमण्डल बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। राजा थानीको विशेष विमानबाहेक अतिविशिष्ट व्यक्तिहरूसमेत रहेको ३० जनाको भ्रमण दल पनि आइपुगेको छ।

भ्रमण दलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान, यातायातसम्बन्धी मन्त्री जसिम विन सैफ अल सुलाती, वाणिज्य तथा उद्योगमन्त्री शेख मोहममद बिन हमाद बिन कासिम, परराष्ट्र राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी काठमाडौं आएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजाबीच अपराह्न शीतलनिवासमा द्विपक्षीय वार्ता भएकाे छ। साँझ ७ बजे होटेल सोल्टीमा राष्ट्रपति पौडेलले राजा थानीको सम्मानमा राजकीय भोज आयोजना गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा थानीबीच बुधबार बिहान १०ः३५ मा होटेल सोल्टीमा औपचारिक वार्ता हुनेछ। औपचारिक वार्ता ४५ मिनेटका लागि तय भएको छ। बिहान ११ः२० मा विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ। बिहान १२ बजे प्रधानमन्त्री प्रचण्डले कतारी राजाको सम्मानमा होटेल द्वारिकामा दिवाभोज आयोजना गरेका छन्।

दिवाभोजमा सहभागी भएर कतारका राजा बत्तीसपुतलीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ। कतारका राजा भोलि अपराह्न २ बजे कतारको दोहा प्रस्थान गर्ने कार्यक्रम छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img