डोल्पा,डाेल्पाकाे ठुलीभेरी नगरपालिकाद्वारा आयोजित प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न भएकाे छ। नगरपालिकाकाे आदर्श माध्यामिक विद्यालय जुफालमा शुक्रबार देखि शुरू भएकाे प्रतियाेगिता मंगलबार सम्पन्न भएकाे हाे।
पहिलो नगर स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा महिला तथा पुरुष भलिवल,लमजम्प,हाईजम्प,सटफुट,१ सय मिटर,२ सय मिटर,८ सय मिटर र १ हजार ५ सय मिटर दौड प्रतियोगितामा कुल १६ वटा इभेन्ट्सहरु समावेश गरिएकाे र ४ वटा माध्यमिक विद्यालयलका १०० भन्दा बढी विद्यार्थी सहभागी भएकाे आदर्श माध्यामिक बिद्यालयका प्रधानाध्यापक बालकृष्ण डाँगीले जानकारी दिनुभयाे।
कुल ९६ पदकका लागि भएकाे खेलहरूमा आदर्श मा.विले १६ स्वर्ण सिहत ३१ पदक प्राप्त गरेर प्रथम हुँदै शिल्ड पनि हाशिल गर्न सफल भएकाे छ।,विद्यामन्दीर मा.विले १४ स्वर्ण गरि ३० पदक सहित दाेस्राे,लक्ष्मी मा.विले २ स्वर्ण गरि २७ सहित तेस्राे र सरस्वती मा.वी दुनैले जम्मा ८ वटामात्रै पदक प्राप्त गर्न सफल भयाे स्वर्ण भने जित्न सकेन।

आयाेजक आदर्श प्र.अ बालकृष्ण डाँगीले प्रतियाेगिता भव्य र सभ्य रूपमा सम्पन्न भएकाे भन्दै विद्यालयलाइ अवसर प्रदान गरेकाे भन्दै नगरप्रमुख श्ववर्ण कुमार बुढा,उपप्रमुख छिरिङ्ग टोल्मा महत,प्रमुख प्रशासकिय अधिकृत सन्तोष बहादुर खड्कालाइ विशेष प्रति आभार प्रकट गर्दै सहभागि भएर कार्यक्रमकाे शाेभा बढाएकाे भन्दै जिल्ला समन्वय प्रमुख श्याम बहादुर रोकया,प्रमुख जिल्ला अधिकारी तुलसि प्रसाद दाहाल,सुरक्षा निकायका प्रमुख,सवै वडाका अध्यक्षहरू सहितका जनप्रतिनिधि र कर्मचारी विद्यालय व्यवस्थापक रेफ्री सबैलाइ आभार तथा धन्यवाद व्यक्त गरे।
प्रथम राष्ट्रपति रनिंग शिल्ड सबैभन्दा बढी स्वर्ण पदकका आधारमा शिल्ड एट्लेटिक्स सहितको शिल्ड – आदर्श मावि (ठुलो शिल्ड )
छात्र भलिवल शिल्ड – विधामन्दिर मावि माझाफाल
छात्रा मलिवल शिल्ड – आदर्श मावि जुफाल
एथलेटिक्स भलिवल सबै विधामा सर्वोत्कृष्ट खेलाडी जुनु बुढा – आदर्श मावि जुफाल – भलिवलमा बेस्ट प्लेयर छात्रातर्फ – अनिषा रोकया आदर्श मावि जुफाल
भलिवलमा बेस्ट प्लेयर छात्रतर्फ – प्रदिप बोहरा विधामन्दिर मावि माझफाल –
बेस्ट स्पाइकर–हरीदेवी रोकया लक्ष्मी मावि थरगाउँ
अनुशासन तर्फ – पुष्पा बुढा आदर्श मावि जुफाल
इमर्जिंग प्लेयर – विविध रोकया आदर्श मावि जुफाल
इमर्जिंग प्लेयर – जमुना बुढा लक्ष्मी मावि थरगाउँ
इमर्जिंग प्लेयर – रोचक बुढा सास्वती मावि दुनै
३ सबैभन्दा वढी स्वर्ण विजेता – जुनु बुढा आदर्श मावि जुफाल


















