spot_img

कर्णालीमा मिल्याे भागबण्डाःमन्त्रीमण्डर चाँडै विस्तार हुदैँ,सामाजिक विकास मन्त्रालय माओवादीकै भागमा

spot_img

सुर्खेत,कर्णाली प्रदेशमा सत्तारुढ दलहरू एमाले र माओवादी बिच मन्त्रालय भागबण्डा टुङ्गिएको छ । मंगलबार मुख्यमन्त्री यामलाल कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबिच भएको छलफलमा मन्त्रालय भागबण्डाको विषय टुङ्गिएको हो ।

सहमति अनुसार माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने भएको छ । यस्तै एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, कानुन र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ ।

यसअघि माओवादीलाई सामाजिक विकास मन्त्रालय मुख्यमन्त्री कँडेलले दिन चाहेका थिएनन् । अन्ततः उक्त अडानबाट मुख्यमन्त्री कँडेल पछाडि हटेका हुन् । माओवादी र एमालेका नेताहरूले भागबण्डा टुङ्गिएको र बुधबारसम्म मन्त्रीमण्ड विस्तार हुने बताएका छन् । मन्त्रालय भागबण्डाको विषय टुङ्गिएसँग मुख्यमन्त्री कँडेलले बिहीबार संसदबाट विश्वासको मत लिने भएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img