spot_img

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टिम व्यापक परिवर्तन सहित घोषणा

spot_img

वेस्ट इन्डिज ‘ए’विरुद्धको शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो।

एसिसी प्रिमियर कप खेलेको टोलीमा आरिफ शेख थपिएका छन्। युवा बलर आकाश चन्द पनि टोलीमा छन्। नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको ऐतिहासिक पाँच खेलको टी–२० शृंखला वैशाख १५ देखि सुरु हुँदै छ।

दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौँ तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ।

नेपाली टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार शाह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहोरा, विवेक यादव र आकाश चन्द छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img