spot_img

इलाम २ उपनिर्वाचन:फाकफोकथुम १ र २ वडाको मत गन्दा कांग्रेसका डम्बरको अग्रता,घण्टी कमजोर

spot_img

 इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक परिणाम आएको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ बाट सुरु भएको मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले अग्रता लिएका छन् ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ मा रुखको जम्मा मत ६५७ छ भने सूर्यको ५३४ छ । यस्तै फाकफोकथुम २ मा सूर्यको ५२९ मत छ यहाँ रुखको मत ४७८ छ ।

कसलाई कति मतरु
नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का:११३५
नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ: १०६३
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू:११५
स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम:१८७

तर निर्वाचन आयोगले यसको घोषणा गर्न बाकी छ । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रका दुई ठाउँमा मतगणना भइरहेको छ ।

जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयाँलका अनुसार सबैभन्दा पहिले फाकफोकथुम गाउँपालिका वडा नम्बर १ बाट मतगणना थालिएको हो ।

फाकफोकथुमको सकिएपछि चुलाचुली, माङ्सेबुङ, माई, देउमाई गाउँपालिका र इलाम नगरपालिकाको गणना गरिने छ ।

इलाम २ को उपनिर्वाचनमा एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ । यो समग्रमा ६० प्रतिशत हो ।

उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवार गरी १९ जना चुनावी मैदानमा छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img