spot_img

आयोगले जसपालाई दियो नयाँ दलको मान्यता

spot_img

निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ।केन्द्रीय सदस्य वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत भए हुने नियमावलीअनुसार नयाँ दल दर्ताको निवेदन प्राप्त भएको जनाउँदै आयोगले अशोक राई नेतृत्वको जसपालाई नयाँ दलको मान्यता दिएको हो।

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार आज बसेको आयोगको बैठकले जसपालाई नयाँ दलको मान्यता दिने निर्णय गरेको हो।आइतबार जसपाका कार्यबाहक अध्यक्ष एवं सांसद अशोक राईको नेतृत्वमा सात सांसदसहित ३० केन्द्रीय सदस्यले मूल पार्टीबाट अलग भएको जनाउँदै नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।

आजै जनता समाजवादी पार्टी नेपालले आइतबार दल विभाजनसम्बन्धी निर्वाचन आयोगमा दिएको निवेदन अवैधानिक भएको दाबी गरेको छ।

जसपाका प्रवक्ता मनीषकुमार सुमनले सोमबार विज्ञप्तिमार्फत दल विभाजन भएको भन्ने भ्रममा नपरी सबै केन्द्रीय सदस्यलाई पार्टीले तोकेको जिम्मेवारीमा लाग्न आग्रह गरेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img