spot_img

मध्यराति बलात्कार घटनाबारे सन्दीपले भनेःघटना घटेको होइन,घटाइएको हो सबैकाे पाेल खाेल्छु

spot_img

काठमाडौँ,बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई फसाइएको दाबी गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै उनले घटना घटेको नभई कसैबाट घटाइएको जिकिर गरेका छन् ।

उनले भनेका छन्, ‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो ।’

आफू दोषी प्रमाणित भए फाँसीमा चढाए पनि हुने लामिछानेको भनाइ छ। ‘यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस् । मलाई ८ वर्षले पुग्दै पुग्दैन। तपाईँहरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनियाँले बुझेको छ’, उनको भनाइ छ ।

लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै बेला उनले सामाजिक अभियन्ता र आफूमाथि खनिइरहेकाहरूप्रति समेत कटाक्ष गरेका हुन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img