सिन्धुली —सुनकोशी–मरिण डाइभर्सनको सुरुङ १९ महिनामा बुधबार छिचोलिएको छ । कुल १३।३ किमिको सुरुङ खन्न २२ महिनाको लक्ष्य लिएकामा समयअगावै काम सकिएको हो ।
०७९ असोज २८ बाट सुरु गरिएकामा एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको थियो । अब यो सुरुङ पूरा भई पानी पठाउन भने थप एकदेखि डेढ वर्ष लाग्ने सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ ।
तीन सिफ्ट बनाएर चौबीसै घण्टा काम गरेर यो सफलता मिलेको आयोजनाका प्रमुख मित्र बरालले बताए । ‘दुई वटा दसैं र निर्वाचनका बेलाबाहेक नियमित काम भइरहेको छ,’ उनले भने, ‘सुरुङको ब्रेक थ्रु भइसकेकाले कहाँ कमीकमजोरी छन्, सबै हेर्छौं ।’
सुनकोशी गाउँपालिकाको कानढुंग्रीमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्विच थिचेपछि सुरुङको ब्रेक थ्रु भयो । कमलामाई नगरपालिका–२ स्थित कुसुमटारबाट टनेल बोरिङ मेसिन ९टीबीएम० ले खन्न सुरु गरेको सुरुङ अब कानढुंग्रीमा निस्किएको छ । सुरुङ खनेर टीबीएम मेसिन बाहिर निस्किँदा सबैले तालीको गड्गडाहटबाट स्वागत गरेका थिए ।
ब्मखभचतष्कझभलत
सुनकोशी–मरिण डाभइर्सनको ब्रेक थ्रुले ठूला पूर्वाधार निर्माणमा नयाँ ऊर्जा र उत्साह थपिएको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘दृढ सकंल्पका साथ अगाडि बढ्दा जतिसुकै चुनौतीपूर्ण भए पनि आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण यसले प्रस्तुत गरेर हामी सबैमा आत्मविश्वास बढाएको छ,’ प्रधानमन्त्री दाहालले भने ।
सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ९कोभेक० ले टनेल बोरिङ मेसिनमार्फत सुरुङ खनेको हो, जसले गर्दा काम छिटो भएको हो ।