कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङ शपथ गराएका हुन् । यसअघि बिहीबारनै प्रदेश प्रमुख खापुङले एमाले प्रदेश संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका छन् ।
कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्च गए निवर्तमान मुख्यमन्त्री कार्की
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत गएका छन्।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार दायर गरेको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन्। उनले दायर गरेको रिटको पेसी भोलि ९शुक्रबार० का लागि तोकिएको छ।
प्रदेश सभाले पास गरेको संकल्प प्रस्तावअनुसार २५ वैशाखभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले बुधबार संविधानको धारा १६८ ९५० अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।
सोहीअनुरूप बिहीबार बिहान एमाले संसदीय दलका नेता कार्कीले ५२ सांसदको समर्थनसहित दाबी पेस गरी मुख्यमन्त्रीमा नियुक्त भए