काठमाडौं, नेत्रविक्रम चन्द (विप्लव) नेकपाले संखुवासभामा प्रहरी र आफ्न कार्यकर्ताबीच गोली हानाहान भएको भन्ने समाचारमा सत्यता नभएको उल्लेख गरेको छ।
‘प्रहरीले जिल्ला सेक्रेटरी युवराज राईकी बहिनी भएकै कारणले चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचेर अचेत अवस्थामा पु¥याएको छ‚’ आइतबार पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ ‘उक्त घटनालाई दोहोरो भीडन्त भएको दाबी र समाचारको पनि खण्डन गर्दछ।’ साथै विज्ञप्तिमा भनिएको छ‚ ‘सुरक्षा निकायप्रति कुनै आक्रमणको नीति नरहेको अवस्थामा पनि परिस्थितिलाई उक्साउने‚ उत्तेजित बनाउने र दमन गर्ने नीति राज्यले कायम राखेमा सशक्त प्रतिरोध गरिने विषयसमेत सम्बन्धित सबैमा जानकारी गराउँछौं।’
संखुवासभाको चैनपुर ४ मैदाने भन्ने ठाउँमा आइतबार विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको समाचार बाहिरिएको थियो।


















