spot_img

पश्चिम नेपालकाे सुन्दर पर्यटकीय गन्तव्य कर्णालीःर्‍याफ्टिङको रमाइलोसँगै देखिने सुन्दर दृश्यहरू (फाेटाेफिचर सहित)

spot_img

रूपक कुलाल,चिसापानी कर्णाली

पश्चिम नेपालकाे सुन्दर पर्यटकीय गतव्य हाे कर्णाली चिसापानी। नेपालकै सबैभन्दा लामो मानिएको कर्णाली नदी र नदीमाथिकाे पुल हेर्न पर्यटकहरू खचाखच हुन्छन्। पर्यटकहरूका लागि अहिले कर्णालीकाे पुल मात्रै हैन अव भने परिचय विस्तारै बदलिएकाे छ। कर्णाली नदिमा र्‍याफ्टिङ पनि निकै लामो दूरीसम्म गर्न पाइन्छ । देशका विभिन्न प्रमुख र्‍याफ्टिङ साइटमध्ये कर्णाली पनि पर्दछ । कर्णालीमा र्‍याफ्टिङका लागि विभिन्न प्याकेज बनाउन सकिने पर्यटन व्यवसायीहरूले बताए । यो नदीमा करिब १ सय ७० किलोमिटरसम्मको जलयात्रा गर्न सकिन्छ ।

कर्णाली चिसापनीका व्यवसायीका अनुसार कर्णालीमा हुम्लादेखि कर्णाली चिसापानीसम्म करिब १४ दिनको साहसिक जलयात्रा गर्न सकिने र यात्राको साहस गर्न नसक्नेहरूका लागि कर्णाली भेरि दाेभानबाट देखि कर्णाली चिसापानीसम्म र त्यहाँबाट बर्दियाको ठाकुरद्वारा वा कैलालीको टीकापुरसम्म दिनभरिको जलयात्रा गर्न सकिन्छ। ‘
। जलयात्रमामा कर्णालीले बनाएकाे सुन्दर कलाकृत जस्ता देखिने मनाेरम दृश्य पनि देख्न सकिन्छ।

कर्णाली नदीमा र्‍याफ्टिङका लागि आउने पर्यटकले अनौठो र साहसिक अनुभव त गर्छ नै यसका साथै यहाँको प्राकृतिक दृश्य, नजिकै रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा जंगली जनावरको अध्ययन अवलोकन पनि गर्न सकिने पर्यटन व्यवसायीहरूले बताए । ‘कर्णाली नदी र्‍याफ्टिङका लागि मात्र उपुयुक्त छैन विभिन्न थरीका रूख, बोटविरुवा, फूल, चराचुरुङ्गी र जनावरको अध्ययन अवलोकनका लागि पनि अति उत्तम छ।
कर्णाली नदीमा र्‍याफ्टिङको सम्भावना बढेपछि स्थानीय स्तरमा पनि र्‍याफ्ट थपिंदै गएका छन् । टीकर्णाली नदीले बनाएको त्यो टापुमा रेस्टुरेन्ट खुलेपछि भने सर्वसाधारण त्यो ठाउँमा र्‍याफ्टिङमार्फत सजिलै जान सक्ने भएका छन् र त्यहाँ जान सर्वसाधारण सबै लालायित बनेका छन् । नदी किनारको टापुमा रेस्टुरेन्ट चलाएका व्यवसायीहरू दिनमा पर्यटक भनेपछि गोरो छाला भएका वा अलि बढी पैसा भएकाहरूमात्र हुन् भन्ने थियो अब त्यसको विपरीत सबैका लागि पर्यटन भन्ने नाराका साथ पर्यटकीय सम्भावनाको खोजी गरिरहेको बताउँछन् ।

फाेटाेफिचर हेर्नुहाेस्

        

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img