spot_img

जीबी राईलाइ पहिलेकाे सरकारले भगाएकाे भनेपछि प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री रवि विरूद्द फाएरः वाहियात कुरा नगर्न चेतावनी

spot_img

काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जीबी राईलाई अघिल्लो सरकारले भगाएको गृहमन्त्रीको दाबीको खण्डन गरेका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध अन्त्यका लागि पहल भइरहेको बताए । कांग्रेससँग आइतबार बिहान सकारात्मक सम्वाद भएको भन्दै उनले यदि भोलि साँझसम्म सहमति नभएपनि कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई रोक्छ भन्ने नलागेको बताए ।

प्रधानमन्त्री प्रचण्डले सहकारीको वचत हिनामिना गरेको आरोप लागेका जीबी राईलाई पक्राउ गरेर ल्याउने प्रयास भइरहेको बताए । गृहमन्त्रीले त अघिल्लो सरकारले भगाएको हो भन्ने भएको छ नि भन्ने प्रश्नमा प्रचण्डले भने, वाहियात कुरा हो । त्यस्तो तर्क कसैले पनि गर्न हुँदैन ।’

जीबी राईलाई ल्याउनुपर्छ भन्नेमा सरकार प्रष्ट रहेको भन्दै उनले भने, अघिल्लो सरकारले, अघिल्लो प्रधानमन्त्रीले, अघिल्लो गृहमन्त्रीले भगायो भन्ने बेतुकको कुरा हो ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img