spot_img

चिनियाँ टोलीले नेकपाका दुवै समुहलाइ साेध्याेःतपाईंहरू मिल्ने ठाउँ भए अझै मिल्नुस्, प्रचण्डकाे जवाफ यस्ताे आयाे !

spot_img

काठमाडाैँ,नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधि मण्डलले नेकपाको एकता चाहेको सन्देश अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा चिनियाँ प्रतिनिधि मण्डलले कहीँकतै मिल्ने ठाउँ भएमा मिल्न सुझाव दिएको थियो। जवाफमा प्रचण्डले संसदको पुनर्स्थापना भएमात्रै एकता सम्भव रहेको बताएका थिए।

’स्थिरताका लागि तपाईंहरूको एकता आवश्यक छ त्यस्तो भयो भने चीन खुसी हुन्छ भन्ने उहाँहरूको भनाइ थियो। अध्यक्षले संविधानको आधारमा र पार्टीभित्र पनि सामूहिकतामा अघि बढ्न आफूहरूको चाहेको बताउनुभयो,’प्रचण्ड निकट एक नेताले भने,’यी दुवै आधारमा प्रधानमन्त्रीले प्रहार गर्नुभयो। फर्किएर त्यही आधारमा देश जान्छ भने एकताका लागि तयार छौं। प्रतिनिधि सभाको पुनर्स्थापना भयो भने त्यो आधार तयार हुन्छ भनेर प्रचण्डले स्पष्ट पार्नुभएको छ।’

नेपालमा स्थिरता भयो भने शान्ति हुन्छ भन्ने आफूहरूको बुझाइ रहेको चिनियाँ पक्षले बताएको थियो। ’हामीले उहाँहरूलाई पार्टीबाट हटाएका छैनौं।तर यही स्थितिमा एकताबद्ध हुन अप्ठ्यारो हुन्छ होला। यो पहल ढिलो गरी भयो भनेर प्रचण्डले भन्नुभयो,’ती नेताले भने,’जवाफमा चिनियाँ टोलीले कहीँकतै मिल्ने ठाउँ भएमा मिल्नुस् हामी खुसी हुन्छौं भनेको थियो। अध्यक्षले प्रतिनिधि सभा पुनर्स्थापनाको शर्त राख्नुभयो।’

स्रोतका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् राष्ट्रपतिको सन्देश लिएर उक्त टोली नेपाल आएको हो। उक्त टोली सरकारी टोली होइन।

भेटमा चिनियाँ टोलीले चिनियाँ कम्युनिष्ट पार्टीले चीनमा कसरी एकताबद्ध भएर विकास प्रगति गरेको छ भन्ने अनुभव समेत सुनाएको थियो। एकताबद्ध हुँदाको महत्व आफूहरूले बुझेको भन्दै चिनियाँ टोलीले नेकपा पनि एकताबद्ध हुनुपर्ने सुझाव दिएको थियो। कुनै पूर्वनिर्धारित कार्यक्रमबिना नै चिनियाँ टोली नेपाल आएको हो। नेपालमा भएको आकस्मिक राजनीतिक दुर्घटनापछि चिनियाँ कम्युनिष्ट पार्टीको सन्देश लिएर चिनियाँ टोली नेपाल आएको हो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img