डाेल्पा,डाेल्पाकाे छार्काताङसाेङ गाउँपालिका र मुस्ताङकाे बारागुङ मुक्तीक्षेत्र गाउँपालिका सडक संजालमा जाेडिएसँगै सिमानामा चहलपहल बढेकाे छ। उपल्लाे डाेल्पाका नागरिकलाइ सदरमुकाम दुनै भन्दा मुस्ताङबाट छाेटाेबाटाे र सामान बुढानी सहज हुने भएकाले चहलपहल बढेकाे हाे। स्थानीय देखि द ग्रेट हिमालयन ट्रेलमा पर्ने रूट भएकाले पर्यटककाे संख्यामा पनि वृद्दी भइरहेकाे छ।
छार्काताङसाेङ गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष ढावा लावाङले ट्याक खाेलेपनि बाटाे राम्राे नभएकाले २ घण्टाभन्दा बढी हिड्नुपर्ने र बुढानीमा पनि समस्या भएकाे छ। डाेल्पातर्फकाे बाटाे ठिकै छ,धाे र तीन्जे देखि सामान बुढानी भइरहेका छन् तर मुस्ताङमा पर्ने राेडमा स्तरउन्नतीकाे खाँचाे रहेकाे अध्यक्ष लावाङकाे भनाइ छ। उनले थपे अव चाँडै मुस्ताङ बारागुङ मुक्तीक्षेत्र गाउँपालिका,गण्डगी प्रदेश र संघिय सरकारले बजेट हालेर बाटाे राम्राे निर्माण गर्ने देखि पुलहरू निर्माण गर्न सहयाेग गर्नुपर्ने उहाँकाे माग छ।
तस्वीर सामाजिक संञ्जाल