spot_img

रविको सम्बोधनबारे गगनको काउन्टरःगृहमन्त्रीकाे जवाफ भन्दा टिभी प्रस्तोताले बाेलेजस्ताे,‘फाइल खोल्दिउँ भनेर बार्गेनिङकाे धम्काी होइन,खोलेर देखाउन चुनाैँति’

spot_img

काठमाडौं,कांग्रेस महामन्त्री गगन थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आज संसदमा टेलिभिजन प्रस्तोता जसरी प्रस्तुत गरेको टिप्पणी गरेका छन् । आज संसद वैठक स्थगन भएलगत्तै पत्रकार सम्मेलन गर्दै थापाले लामिछानेको अभिव्यक्तिको आलोचना गरे । गृहमन्त्रीले सांसदलाई र देशको नागरिकलाई बहकाउन खोजेको थापाको आरोप छ । आज गृहमन्त्रीले बोलेपछि आफूहरुले बोल्न नपाएकाले पत्रकार सम्मेलन गरेको उनले बताए ।

पहिले एकैपटक भावनामा आएर विद्यानस्ट, आमाकसम‘ भन्नुहुन्थ्यो । कहिले नाकको डाँडी भाँचिदिन्छु भन्नुहुन्थ्यो । कहिले ठूलो मुटु भएको भनेर मुटुको साइज बताइदिनुहुन्थ्यो । आज मलाई गृहमन्त्री हो कि टिभी प्रस्तुता हो भन्ने आज मलाई अलिकति अलमल भयो । गृहमन्त्री हो भन्ने बिर्सिनुभयो कि भन्ने लाग्यो ।

टिभी प्रस्तोता हुँदा त प्रश्नहरु सोध्नु, विषयहरु उठाउनु स्वभाविक हो । तर गृहमन्त्री त ठूलो जिम्मेवारी हो नि । त्यसमाथि पनि उपप्रधानमन्त्री । आज मैले उहाँले बोल्दै गर्दा यसो सुनिरहेको थिएँ, म तेरो फाइल खोल्दिउँ रु अनुसन्धान गर्दिउँ रु मेरो गर्छु भन्छस भने तेरो पनि गर्दिन्छु भन्दै हुनुहुन्थ्यो । अरे बाबा, गृहमन्त्रीले यस्तो भन्ला त रु गृहमन्त्रीले त धमाधम फाइल खोल्ने हो नि । फाइल खोलेर देखाउनु, धम्काउने होइन ।

उहाँहरु अर्को एउटा कुरामा एकदम अल्मलिनुभएको पाएँ । यसमा पनि समिति, त्यसमा पनि समिति बनाउने भन्ने । गृहमन्त्री नै यसमा समिति, त्यसमा समिति बनाउँ भनिरहनु भएको छ । म भन्छु, ल बनाउँ,जुन जुन विषयमा समिति बनाउँ भन्नुभएको छ । सबैमा बनाए हुन्छ । अनि के भन्नुभयो भने मेरो बारेमा बनाएको समितिमा म बस्नु पर्दैन,तपाईं बस्नै पर्दैन,तपाईंको काम एमालेले गर्छ । एमालेले सहकारी र तपाईंहरुले गिरीबन्धु नउठाउने समझदारी भएकै छ ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गरी संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक पनि चल्न नदिने बताएका हुन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img