काठमाडौँ,नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको बचाउमा उत्रिएकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले थापामाथि विभिन्न आक्षेप लगाएपछि झाँक्री बचाउमा उत्रिएकी हुन् ।‘गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयम् आरोप लगाउने (रवि लामिछाने)ले पूरा गर्नुपर्छ, हेक्का रहोस्,’ सोमबार सामाजिक सञ्जालमा नले लेखेकी छन् ।
कांग्रेस महामन्त्री थापा आन्दोलनको नेता भएको भन्दै झाँक्रीले युवाहरूको राजनीतिक आइकनका रूपमा चित्रित गरेकी छन् । ‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीतिक आइकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो’, उनले भनेकी छन् ।
सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति समेत रहेका लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले लामो समयदेखि संसदमा आवाज उठाइरहेको छ । महामन्त्री थापा आफूविरुद्ध आक्रामक बनेपछि लामिछानेले आइतबार तल्लो स्तरमा उत्रिएर अभिव्यक्त दिएका थिए ।